(JAPAN) 25 th September | 2018 | Tuesday | 4:01:03 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 12:46:03 AM
 

जापानमा विद्यालय उमेरमै गर्भवती भएपछि ३२ छात्राले अध्ययन छाडे

  POSTED ON : Sunday, 01 April, 2018 | Views : 304

जापानमा विद्यालय उमेरमै गर्भवती भएपछि ३२ छात्राले अध्ययन छाडे

टोकियो ।

स्कुले उमेरमै बिवाह, गर्भवती तथा अन्य कारणले किशोरीहरुले नेपालमा विद्यालय अध्ययन बिचमै छाडेको घटना त्यति नौलो होइन ।


विकसित देश जापानमा पनि माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुले गर्भवती भएपछि अध्ययन बिचमै छाडेको तथ्यांक यहाँको शिक्षा मन्त्रालयले सार्वजनिक गरेको छ ।


समाचार अनुसार जापानका सार्वजनिक माध्यमिक विद्यालयमा अध्ययनरत ३२ जना छात्राहरुले गर्भवती भएका कारणले विद्यालय छाडेको प्रतिवेदन शिक्षा मन्त्रालयले सार्वजनिक गरेको छ ।


शिक्षा मन्त्रालयका अनुसार विद्यालय छाडेका छात्राहरु मध्ये ३२ जनाले गर्भवती भएकै कारण विद्यालय छाडेको जानकारी दिएका हुन् ।

सन् २०१५ र २०१६ मा पुरा समय विद्यालयमा १ हजार ६ जना छात्राहरुले अध्ययन गरेको तथा आशिंक रुपमा १ हजार ९२ जना छात्राहरुकोे गर्भवतीका घटनाहरु दर्ता भएको तथ्यांकमा उल्लेख छ । गर्भवती भएका किशोरीहरुको संख्या अधिक रहेपनि ति मध्ये केवल ३२ जना छात्राहरुले मात्र स्वेच्छिक रुपमा विद्यालय छाडेको पाइएको छ ।


गर्भवती छात्राहरुमध्ये ६ सय ४२ जना अविभावकको संरक्षणमा रहेका छन् । विद्यालय छाडन् प्रेरित गरेपनि बाध्यताबस छाड्नुपरेको भन्दै उनिहरुले यो आफुहरुको लागि पनि दुर्भाग्यपूर्ण भएको बताएका छन् ।


प्रशासनको पहलमा १८ जना किशोरीहरुले भने अर्को विद्यालय परिवर्तन गरेर अध्ययनलाई निरन्तरता दिएको बताइएको छ ।