(Japan) 29 th March | 2024 | Friday | 9:48:47 PM || (Nepal) 6:33:47 PM
 
 


टोकियो आउन नारिता र हानेदा एयरपोर्टबाट सस्तो लिमोजिन बस चढ्ने तरिका

  POSTED ON : Tuesday, 22 December, 2020 | Views : 5566

टोकियो आउन नारिता र हानेदा एयरपोर्टबाट सस्तो लिमोजिन बस चढ्ने तरिका


टोकियो, जापान ।

भर्खरै विमानस्थलमा ओर्लिएका अन्तरराष्ट्रिय यात्रीका लागि टोकियोमा गन्तव्यसम्म सुपथ बिकल्प पाउन अहिले पनि गाह्रो छ । संक्रमण नियन्त्रण गर्न सरकारले विदेशी यात्रीहरुलाई पहिलो १४ दिनसम्म सार्वजनिक सवारी साधन नचढ्न आग्रह गरेको छ ।

यस प्रतिबन्धमा रेल र बस मात्रै होइन ट्याक्सी पनि समाविष्ट छ । मध्य टोकियोबाट टाढा रहेको नारिता विमानस्थलबाट राजधानी तर्फको यात्रा गर्न कम्तिमा पनि ३० हजार येन लाग्छ । यस्तो स्थितिमा यात्रीहरुलाई मद्दत गर्नका लागि जापानको यातायात तथा पयर्टन मन्त्रालयले वैकल्पिक सवारी साधनको व्यवस्था गर्नेबारे सोचिरहेको छ । यही सोच राखेर सरकारले विदेशी यात्री ओसार पसारका लागि विशेष खालको बस या रेलको निर्धारित डब्बा छुट्ट्याउने विचार गरिरहेको छ ।

शुरुमा बताइएको विकल्प अहिले प्रयोगमा आइसकेको छ भन्ने कुरा सुन्दा तपाईलाई पक्कै पनि खुसी लाग्ला । डिसेम्बर १६ देखि एयरपोर्ट ट्रान्सफर सेवाले विशेष खालको एयरपोर्ट लिमोजिन बस सञ्चालन गरिरहेको छ । यो बसले नारिता र हानेदा विमानस्थलमा आइपुगेका विदेशी यात्रीहरुलाई टोकियोका निर्धारित होटलहरुमा पुर्याउँदछ । यो सेवा बस रोकिने कुनै एक होटलमा गएर बस्ने यात्रीको लागि मात्रै हो भन्ने कुरा भने तपाईले बुझ्न पर्दछ । बसहरु निम्नलिखित होटलसम्म जान्छ ः


आकासाका क्षेत्र

– द ओकुरा टोकियो

– एएनए इन्टरकन्टिनेन्टल टोकियो

– न्यू ओटानी

– द प्रिन्स ग्यालरी टोकियो किओचिओ

– आकासाका एक्सेल होटल टोकियो

– क्यापिटोल होटल टोकियो


शिन्जुकु क्षेत्र

– सेन्चुरी साउदर्न टावर

– होटल सनरुट प्लाजा शिन्जुकु

– केइओ प्लाजा होटल (डिसेम्बर २१ देखि, बूकिङ डिसेम्बर १७ बाट शुरु)

– हा्यात रिजेन्सी टोकियो

– शिन्जुकु वाशिङटन होटल

– पार्क हायात टोकियो

– हिल्टन टोकियो


बसहरु हरेक विमानस्थलबाट एक दिनमा तीन पटक गुड्नेछन् । भाडा भने वयस्कका लागि नारिता विमानस्थलबाट ४ हजार येन रहेको छ । बालबालिकाका लागि भाडा २ हजार येन छ । हानेदा विमानस्थलदेखिको भाडा भने सस्तो छ ।

यहाँबाट बसमा जाँदा वयस्कले १ हजार ५०० येन र बालबालिकाहरु ७५० येन तिर्नु पर्दछ । टिकट भने पहिला देखि नै बूकिङ गर्नु पर्दछ । कोरोना भाइरसको महामारीको प्रकृति निकै अस्थीर रहेकोले परिवहनको नियममा अचानक हेरफेर हुन सक्छ । थप जानकारीका लागि आधिकारिक वेबसाइटमा हेर्नुहोला ।

सम्बन्धित सामग्री: