(Japan) 29 th March | 2024 | Friday | 1:53:35 PM || (Nepal) 10:38:35 AM
 
 


अब जापान फर्कनेले एयरपोर्टबाट रेल प्रयोगगर्न पाउने ! यस्तो छ योजना

Sangita Bhatta   POSTED ON : Friday, 11 December, 2020 | Views : 12924

अब जापान फर्कनेले एयरपोर्टबाट रेल प्रयोगगर्न पाउने ! यस्तो छ योजना


टोकियो, जापान ।

बिदेशबाट आएका यात्रिहरुलाई रेल सहित सार्वजनिक सवारी प्रयोगमा लगाइएको रोकलाई जापानले आंशिक रुपमा खुकुलो बनाउने तयारी थालेको छ । 

मूख्यरुपमा बिमानस्थलबाट बासस्थानसम्म जान यात्रिहरुमा परेको समस्यालाई सम्बोधन गर्नेगरी जापानले सिमित रेल प्रयोग गर्न मिल्नेगरी ब्यवस्थापन थालेको छ ।

यहि डिसेम्बर महिनाको अन्त्यसम्म कार्यान्वयनमा ल्याउनेगरी भूमी, पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयले विदेशबाट फर्केका र आप्रवासीहरूले सार्वजनिक यातायात प्रयोग गर्न सकुन भनेर आवश्यक ब्यवस्थापनमा काम थालेको जनाएको छ ।

हाल एयरपोर्टमा कोरोना भाइरसको परीक्षण नकारात्मक देखिएपनि सबै यात्रुले आफ्नै ब्यवस्थापनमा निजी सवारीका साधनमा बासस्थानसम्म जानुपर्ने नियम छ । यो नियमानुसार जापान प्रबेश गरेकाहरुमा ठुलो आर्थिक भार पर्नेगरेको तथा कयौं यात्रिले नियम उल्लंघन गरेर सार्वजनिक सवारी प्रयोग गर्नेगरेको पाइएको छ ।

पर्यटक, ब्यापारी सहित आवाशिय आप्रवासिको जापान आगमन संख्या बृद्दि गर्दै लगेको जापानले उनिहरुको यात्रा सहजताको लागि समेत हाल लागू नियममा खुकुलोपना ल्याउदै गएको छ ।

कोरोना भाइरसको संक्रमणलाई रोक्न एक उपायका रूपमा सरकारले विदेशबाट आएका प्रवासी र आप्रवासीहरूलाई सार्वजनिक यातायात प्रयोग नगरी आफ्नै गाडीहरूको व्यवस्था गर्न र जान भनेकोमा अब केइसेइ इलेक्ट्रिक रेलवेको सीमित एक्सप्रेसमा निश्चित डिब्बा/सिट छुट्याएर यात्रा सहज बनाउन रेल कम्पनीसँगै एक योजना बनाइरहेको छ ।

जस अनुसार नारिता एयरपोर्ट हुँदै जापान प्रवेश गर्ने बिदेशिले केइसेइ उएनो स्टेशन सम्म रेल प्रयोग गर्न सक्नेछन ।

केइसेइ उएनो वा यसबिचका स्टेशनबाट भने यात्रिहरुले भाडा वा निजी कारमा बासस्थानसम्म जान छुट दिने तयारी जापानको छ ।

भूमि, पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयले यो महिनाको अन्त्यसम्ममा यसलाई कार्यान्वयन गर्न कोरोना भाइरससँग काम गर्ने सरकारको उपसमितिमा छीट्टै यो प्रस्ताव गर्दैछ ।

जेआर ईस्टको नारिता एक्सप्रेसले पनि यसै अनुसार योजना बनाइरहेको बताइएको छ ।

योजना अनुसार दुबै रेल कम्पनिले सिमित सिटमै भएपनि जापान प्रबेशगर्ने यात्रुहरुलाई रेल प्रयोग गर्न दिएमा नेपाली सहित जापान प्रबेश गर्नेहरुमा ठूलो राहत मिल्ने छ ।

सम्बन्धित सामग्री: