(JAPAN) 17 th October | 2018 | Wednesday | 5:20:56 PM
(Nepal) 17 th October | 2018 | Wednesday | 2:05:56 PM
 

दशैं दशा बन्दै ! नुवाकोटमा बस दुर्घटना, २ जनाको निधन-३० बढी गम्भिर घाईते (फोटो फिचर)

  POSTED ON : Friday, 12 October, 2018 | Views : 808

दशैं दशा बन्दै ! नुवाकोटमा बस दुर्घटना, २ जनाको निधन-३० बढी गम्भिर घाईते (फोटो फिचर)

रामहरी न्यौपाने-बिदुर ।

नुवाको जिल्लाको सुर्यगढी गाउँपालिका वडा नम्वर ५ मा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा दुईजनाको घटनास्थलमै निधन भएको छ ।

शुक्रबार अपरान्ह भएको बस दुर्घटनामा परि अन्य ३० बढी घाईते भएका छन् ।

जिल्लाको समुन्द्रटारबाट त्रिशुलीतर्फ जाँदै गरेको बस सुर्यगढी गाउँपालीकाको छेरी खोलामा दुर्घटना भएको हो ।


बस दुर्घटनामा परि एकजना महिला र अर्का एक बृद्ध पुरुषको निधन भएको छ ।

दुर्घटनामा परि कम्तिमा १ दर्जन व्यक्ति गम्भिर घाईते भएका छन् घाईते मध्ये केहीको अवस्था गम्भिर रहेको छ ।


प्रहरीले घटनास्थलबाट ३० जनाको उद्दार गरिएको जानकारी दिएको छ ।

घाईते सबैलाई उपचारको लागि जिल्ला अस्पताल त्रिशुली सहित काठमाडौं लगिनेकाम भईरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जापानसमाचारडटकमलाई जानकारी दिएको छ ।


सडकबाट खोलामा खसेको बसमा सवार सबै यात्रु घाईते छन् । बस दुर्घटनाको कारण थाहा हुन नसकेको प्रहरीले बताएको छ ।