(Japan) 29 th March | 2024 | Friday | 1:36:14 PM || (Nepal) 10:21:14 AM
 
 


मुगु बस दुर्घटना : दशैं मनाउन घर फर्कंदै गरेका कम्तिमा २८ जनाले ज्यान गुमाए

  POSTED ON : Wednesday, 13 October, 2021 | Views : 3750

मुगु बस दुर्घटना : दशैं मनाउन घर फर्कंदै गरेका कम्तिमा २८ जनाले ज्यान गुमाए


काठमाडौं, नेपाल ।

मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ । यसअघि घटनास्थलमै २१ जनाको मृत्यु भएकोमा उद्धारका क्रममा थप ब्यक्तिको निधन भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक जनक धामीले जानकारी दिएका छन ।

दशैं मनाउँन घर फर्केकाहरु मुगुको छाँयानाथ रारा गाउँपालिका– ७ दुर्घटनामा पर्दा ज्यान गुमाउनेको संख्या २८ पुगेको हो  । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार गम्भीर घाइते १५ जनाको उद्दार गरि हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको छ ।

नेपालगन्जबाट मुगुका लागि आएको बस छाँयानाथ रारा गाउँपालिका– ७ मा दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो ।

छाँयानाथ रारा गाउँपालिका– ७ स्थित पिनागाउँ ‘झयारीखोला’ मा भे १ ख ६७ नम्बरको बस दुर्घटना भएको सो दुर्घटनामा पर्दा प्राप्त पछिल्लो जानकारी अनुसार २८ जनाको मृत्यु भएको छ । साथै डेढ दर्जन जति यात्रु घाइते भएको मुगु प्रहरीले जनाएको छ ।

बसमा ४३ यात्रु सवार रहेको धुञ्ची स्थित नेपाली सेनाले जनाएपनि स्थानीयवासीले बसमा ६० भन्दा बढी सवार रहेको दावी गरेका छन् । सडक भिरालो भएको र बस सडकबाट साढे दुई सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बस नेपालगञ्जबाट दशैँमा घर फर्किएका यात्रु बोकेर मुगु सदरमुकाम गमगढीतर्फ जाँदै गरेको थियो ।

घाइतेहरुको उद्दारमा समिट एयर र नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ । घाइते अधिकांशको अवस्था गम्भीर रहेको छ । घाइते एकजनाको भने मुगुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।