(JAPAN) 21 st November | 2018 | Wednesday | 2:57:49 AM
(Nepal) 20 th November | 2018 | Tuesday | 11:42:49 PM
 

यसरी भयो अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा, जापानिज नागरिक सहित छ जनाको मृत्यु (फोटो फिचर)

  POSTED ON : Saturday, 08 September, 2018 | Views : 329

यसरी भयो अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा, जापानिज नागरिक सहित छ जनाको मृत्यु (फोटो फिचर)

रामहरी न्यौपाने-नुवाकोट ।  

गोरखाबाट काठमाडौ आउदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुदा पाईलट सहित ६ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी गम्भीर घाइते गोर्खाको चुमनुवी गाउँपालिका वडा नं. २ का आनी डोल्पा डिकीलाई हेलिकोप्टरमार्फत उपचारको लागी काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिनुभयो ।

दुर्घटनामा परी मृत्यु हुनेमा पाईलट निश्चल केसी, रामेछापका ४० वर्षीय डिल्लीबहादुर गुरुङ, दोलखाका ३७ बर्षीय हिरा शेर्पा, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, गोर्खाको चुमनुबी गाउपालिका वडा नं. १ का छोवाङ नुर्बु र जापानीज नागरिक हिरोमी कोमात्सु रहेको प्रहरीले जनाएको छ ।

गोरखाको चुमनुवी गाँउपालिका वडा नं. १ सामागाँउबाट आज बिहान ७ बजेर ५० मिनेटमा काठमाडौतर्फ उडेको हेलिकोप्टर बिहान ८ बजेर पाँच मिनेटमा दुर्घटनामा परेको थियो । भौगोलिक विकटता, ठूलोवर्षा सहितको बाक्लो हुस्सु र बाक्लो जंगल क्षेत्रमा भएको दुर्घटनाको स्थान पहिचान र उद्धारको लागी कठिनाई भएको प्रहरीले जनाएको छ ।