(Japan) 20 th April | 2024 | Saturday | 3:19:20 AM || (Nepal) 12:04:20 AM
 
 


पूर्वयुवराज पारस शाह अस्वस्थ, मुटुमा समस्या

  POSTED ON : Thursday, 26 November, 2020 | Views : 3374

पूर्वयुवराज पारस शाह अस्वस्थ, मुटुमा समस्या


चितवन, नेपाल ।

नेपालका पूर्वयुवराज पारस शाह अस्वस्थ भएका छन् । शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका हुन् ।

चितवन नारायणगढस्थित एक होटलमा मङ्गलबार आईपुगेका शाहको छातीमा बुधबार साँझबाट समस्या देखिएको हो ।

पारस शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको जनाएको छ । 

रेग्मीका अनुसार, उनलाई होटलमै इसिजी गरिँदै छ । यसैगरी रगत परीक्षण गर्न लागिएको छ ।

स्वास्थ्य परीक्षण गरेर इसिजीलगायत परीक्षण गरेपछि मात्र शाहको अवस्थाका बारेमा केही भन्न सकिने रेग्मीले बताएका छन् ।

डा. रेग्मीका अनुसार शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेकोमा त्यहि समस्या बल्झिएको अनुमान गरिएको छ ।

स्मरणीय छ थाईल्याण्डमा रहँदा शाह मुटु सम्वन्धि रोगकै कारण केही बर्षअघि गम्भिर अस्वस्थ भएर बाँचेका थिए ।