(JAPAN) 17 th October | 2018 | Wednesday | 5:26:05 PM
(Nepal) 17 th October | 2018 | Wednesday | 2:11:05 PM
 

डा. उपेन्द्र देवकोटाको मृत्युको खवर झुटो, आईसियुमा गम्भिर अवस्थामा उपचार जारी

  POSTED ON : Saturday, 09 June, 2018 | Views : 3575

डा. उपेन्द्र देवकोटाको मृत्युको खवर झुटो, आईसियुमा गम्भिर अवस्थामा उपचार जारी

काठमाडौं ।

६ महिनादेखी पित्त थैलीको क्यान्सर भएर उपचाररत चर्चीत स्नायु शल्य चिकित्सक उपेन्द्र देवकोटाको अवस्था गम्भिर भएपछि उनलाई उपचारको लागि आईसियुमा सारिएको छ ।

केही अनलाईन मिडियाहरुले देवकोटाको निधन भइसकेको गलत अफवाह फैलाएपनि उनको आईसियुमा उपचार भइरहेको वासवारीस्थित न्युरो अस्पतालले जनाएको छ ।

पित्त थैलीको क्यान्सरबाट पीडित डा। देवकोटा वेलायतस्थित किग्स कलेजमा ५ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए ।

देशकै जेठो अस्पताल वीर अस्पतालबाट नेपालमा स्नायु शल्य चिकित्साको सुरुवात गरेका डा. देवकोटाको न्युरो अस्पतालमा उपचार जारी रहेको भन्दै मृत्युको हल्ला निराधार रहेको तर अवस्था गम्भिर रहेको अस्पताल श्रोतले बताएको छ ।


डा. उपेन्द्र देवकोटा बेलायतबाट स्वदेश फिर्ता, थप उपचारको लागि न्युरो अस्पताल भर्ना