(JAPAN) 17 th October | 2018 | Wednesday | 4:26:18 PM
(Nepal) 17 th October | 2018 | Wednesday | 1:11:18 PM
 

इन्धनको मूल्य फेरि बढ्यो,लिटरको कति ?

  POSTED ON : Saturday, 02 June, 2018 | Views : 241

इन्धनको मूल्य फेरि बढ्यो,लिटरको कति ?

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बृद्धि भएसँगै नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट मूल्य बढेर आएपछि निगमले इन्धनको मुल्य बढाएको बताएको हो । निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेलमा प्रति लिटर तीन/तीन रूपैयाँ बढाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रति लिटर एक सय १३ रुपैयाँ, डिजेल र मट्टितेलको ९५ पुगेको छ ।
त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर पाँच रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ प्रति केएल ७५ डलर बढाएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।