(JAPAN) 19 th December | 2018 | Wednesday | 2:31:00 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 11:16:00 PM
 

मकालु एयरको जहाँज दुर्घटना, दुवै पाईलटको निधन

  POSTED ON : Wednesday, 16 May, 2018 | Views : 1559

मकालु एयरको जहाँज दुर्घटना, दुवै पाईलटको निधन

काठमाडौं ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा भएको मकालु एयरको जहाज दुर्घटनामा परि जहाँमा रहेका दुवै पाईलटको निधन भएको छ ।

बुधबार बिहान हराएको केही समयमा भेटिएको जहाजमा सवार चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको मृत्यु भएको बिमान कम्पनीले पुष्टि गरेको छ ।

'एन एजेय' कलसाइनको जहाज बिहान ६:१२ बजे सुर्खेतबाट कार्गो सामान लिएर हुम्लाको सिमकोट गएको थियो ।

दुर्घटनास्थल सिमकोटदेखि १०.७ नटिकल माइल दक्षिण–पश्चिम राया र थालीको बीचमा पर्छ । बिमानको मुख्य भाग तीन टुक्रा भएको अवस्थामा र बाहिरि पार्टपुर्जा टुक्रा टुक्रा अवस्थामा भेटिएको थियो ।

जहाज हराएको सुचना पाउने बित्तिकै नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजमा खटेको थियो । बाजुरा, मुगु र हुम्ला प्रहरीले आ–आफ्नो क्षेत्रमा खोजी गरेका थिए ।

तर, स्थानीयले जहाज देखेको सुचना दिएपछि सिमकोटबाट नेपाल प्रहरीका असई, नागरिक उड्डयन प्राधिकरणका एकजना कर्मचारी र दुईजना मेडिकल सदस्य रहेको टोली त्यहाँ पुगेको थियो । टोलीले शव निकाल्न नसकेपछि सिमकोटबाट हेलिकोप्टरमा थप जनशक्ति लिएर हेलिकोप्तर त्यसतर्फ गएको थियो ।

मकालु एयरलाईन्स क्याप्टेन फिजु नेपालीको स्वामित्वमा रहेको छ । यसअघि सिता एयर बेचेर फिजुले मकालु एयरलाइन्स किनेका थिए ।

Photo Source : Imagekhabar.com