(Japan) 29 th January | 2020 | Wednesday | 5:12:26 AM || (Nepal) 1:57:26 AM
 
 

यिनै हुन् दानविय अपराधी ! कोखमा ‘लिभर’ले घोचेर घाइते बनाई टिपरले किचेर हत्या -प्रहरी

  POSTED ON : Sunday, 12 January, 2020 | Views : 892

यिनै हुन् दानविय अपराधी ! कोखमा ‘लिभर’ले घोचेर घाइते बनाई टिपरले किचेर हत्या -प्रहरी


धनुषा, नेपाल ।

अवैध बालुवा र गिट्टि चोरि निकासी गर्ने बिरुद्ध बिरोध गर्दा धुनुषामा दिलिप महतोलाई विभत्स ढंगले हत्या गरेको पाईएको छ ।

धनुषाको औरही खोलामा अवैध उत्खनन रोक्न गएका दिलीप महतोलाई ‘लिभर’ प्रहार गरी घाइते बनाएर टिपरले किचेर विभत्स हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

शनिबार अबेरजिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी गराएको हो ।

प्रहरी उपरीक्षक रमेश बस्नेतले दिलीपको दाहिने कोखमा ‘लिभर’ले घोची घाइते बनाएपछि टिपरले किचेर हत्या गरेको अभियुक्तहरुले बताएको जानकारी दिनुभयो ।

बालुवा गिटी चोरी रोक्न खोलामा गएका महतोलाई शुक्रबार बिहान चार जनाले समातेर कोखमा ‘लिभर’ प्रहार गरी घाइते बनाएर ढालेका थिए । घाईते महतोलाई ना ७ प ६४१३ नम्बरको टिपरले किचेर हत्या गरेको प्रहरी उपरीक्षक बस्नेतले बताए। प्रहरीले हत्या आरोपमा पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ।

हत्याको मुख्य योजनाकार क्रसर सञ्चालक मिथिला नगरपालिका–५ का २७ वर्षीय विपिन महतो, टिपर चालक महोतरी बर्दिबास–९ का ३४ वर्षीय मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिबास नगरपालिका–२ का २४ वर्षीय जितेन्द्र महतो र मिथिला नगरपालिका–५ का २७ वर्षीय रोशन कुमार यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बस्नेतले पुष्टि गर्नुभयो ।

यस विभत्स घटनालाई लिएर देशभर बिरोध भईरहेको छ भने घटनामा संलग्न अपराधिहरुलाई हदैसम्मको सजाय गर्न माग गरिएको छ ।