(Japan) 29 th January | 2020 | Wednesday | 5:12:53 AM || (Nepal) 1:57:53 AM
 
 

दानविय अपराध ! अबैध गिटी-बालुवा चोरी गर्नेको विरोध गर्दा टिपरले किचेर हत्या

  POSTED ON : Saturday, 11 January, 2020 | Views : 210

दानविय अपराध ! अबैध गिटी-बालुवा चोरी गर्नेको विरोध गर्दा टिपरले किचेर हत्या


जनकपुरधाम, नेपाल ।

अवैध गिट्टी बालुवा निकाल्ने चोर अपराधिहरुको बिरोध गर्दै आएका जागरुक एक युवकको टिपरले किचेर हत्या भएको छ ।

धनुषाको औरही खोलामा अबैध उत्खनन्‌ गर्दै आएका अपराधिहरुले सोही खोलामा ट्रिफरले किचेर शुक्रबार हत्या गरेका हुन् ।

धनुषाको मिथिला नगरपालिका–५ श्रीपुर बस्ने राम जीवन महतोको २४ वर्षीय छोरा दिलीपकुमार महतो ‘ओमप्रकाश’को औरही खोलामा टिपरले किचेर हत्या भएको हो ।

शुक्रबार बिहान साथी रोशन यादवसँग खोलामा मोर्निङ वाक गएको समयमा ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या भएको हो ।

घटना लगतै इलाका प्रहरी कार्यालय ढल्केवरको टोली पुगेर शव नियन्त्रणमा लिई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ ।

टिपर इलाका प्रहरी कार्यालय ढल्केबरले आफ्नो नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक राममेश्वर कार्कीले जानकारी दिए। घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर दिलिपको हत्या गरेको हुनसक्ने भन्दै इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले घटनामा संलग्नको घुमाउरोगरि बचाउको प्रयास गरेका छन् ।

घटनापश्चात् ट्रिपर चालक हत्यारा फरार छन्। उनको खोजी भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।

गाउँलाई नै जोखिममा पर्ने गरी औरही–बसही खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खनन्‌को दिलिपको नेतृत्वमा गाउँलेले विरोध गर्दै आएका थिए ।

रिसिबी साँध्न क्रसर सञ्चालक अपराधिले योजनाबद्ध रुपमा दिलीपको हत्या गरेको स्थानीय उमेश कुशवाहाले बताए ।

घटनाको विरोधमा गाउँलेले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । घटना भएको १२ घण्टा वितिसक्दा समेत प्रहरीले हत्यामा संलग्न ट्रिपर चालक सहित अवैध गिट्टि बालुवा निकाल्दै आएका हत्यामा मुख्य योजनाकार ठेकेदारलाई नसमातेपछि यसको जनस्तरबाट थप बिरोध बढ्न थालेको छ ।