(Japan) 29 th March | 2024 | Friday | 9:47:02 PM || (Nepal) 6:32:02 PM
 
 


सगरमाथा आरोहणमा गएका जापानीको बाटैमा निधन

  POSTED ON : Monday, 07 May, 2018 | Views : 6058

सगरमाथा आरोहणमा गएका जापानीको बाटैमा निधन


काठमाडौं ।

सगरमाथा आरोहणका लागि आएका एक जापानी नागरिकको सोलुखुम्बुमा लेक लागेर निधन भएको छ ।

सोलुखुम्बु जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्लाको खुम्बुपासागंल्हामु ४ स्थित लबुचे वेस क्याम्पमा ४२ बर्षीय कुगा टाकाहिरोको मुत्यु भएको हो ।

उनको लेक लागेर मृत्यु भएको स्वास्थ्य रिपोर्टले देखाएको बताइएको छ ।

लेक लागेर बाटोमै थला परेपछि तत्काल अस्पताल लगिएपनि कुगाको लुक्लास्थित निकोल निकिल अस्पताल लैजाने क्रममा बाटैमा नै निधन हुन पुगेको थियो ।

सगरमाथा आरोहणका लागि बैशाख १४ गते काठमाडौंबाट सगरमाथा आधारशिविरको लागि निक्लिएका जापानी नागरिक कुगा टाकाहिरोमा आरोहणमा जाने समयमा कुनै स्वास्थ्य समस्या नदेखिएको बुझिएको छ ।