(JAPAN) 16 th October | 2019 | Wednesday | 6:46:51 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 3:31:51 PM
 

बलात्कार आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरा सरकारी निवासबाटै पक्राउ

  POSTED ON : Monday, 07 October, 2019 | Views : 62

बलात्कार आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरा सरकारी निवासबाटै पक्राउ


काठमाडौं, नेपाल ।

आफ्नै कार्यालयमा काम गर्ने महिला कर्मचारीलाई उनकै कोठामा गएर बलात्कार प्रयास गरेको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतले अनुमति दिएपछि बलात्कार प्रयासको आरोपपछि पदबाट राजीनामा दिएका महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरी स्रोतका अनुसार महराले प्रहरीको गाडीमा जान अस्वीकार गरेपछि  सरकारी गाडीमै राखेर उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले पक्राउ गर्न जाँदा महराले “म आफ्नै गाडीमा जान्छु । प्रहरीको अनुसन्धानलाई सघाउँछु । मेरै गाडीमा प्रहरीलाई पनि बसाउनुस् ।” भनेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

महरा बा १८ च ४०० नम्बरको आफ्नै गाडीको पछाडि बसेर प्रहरीसँग गएका थिए । 

सिंहदरबार वृत्तमा राखिने महरालाई परिसर काठमाडौंले मुद्दा प्रक्रियामा अगाडि लैजानेछ । महरालाई पक्राउ गर्न प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा र बानेश्वर बृत्तको टोली निवासमा पुगेको थियो । 

महराले बलात्कारको प्रयास आरोपलाई अस्विकार गर्दै आएका छन् । बलात्कार प्रयास गरेको आरोपमा मुद्दा दर्ता गराएकी महिलाले सुरुमा आफुमाथी बलात्कार भएको बताएपनि बिचमा दबावमा केही नभएको बताएपनि प्रहरी तथा अधिकारकर्मी र मानवअधिकार आयोग समेतले सुरक्षाको ग्यारेन्टी गरेपछि आफुमाथी बलात्कार प्रयास भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।