(JAPAN) 16 th October | 2019 | Wednesday | 7:28:54 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 4:13:54 PM
 

सर्वोच्च अदालतले जोगाएका विपी प्रतिष्ठानका उपकुलपति रौनियार ८ लाख घुससहित पक्राउ

  POSTED ON : Friday, 12 July, 2019 | Views : 141

सर्वोच्च अदालतले जोगाएका विपी प्रतिष्ठानका उपकुलपति रौनियार ८ लाख घुससहित पक्राउ


धरान, नेपाल ।

भ्रष्टाचारमा संलग्न भएको पाईएपछि सरकारले हटाएपनि अदालतले नहटाउन आदेश दिएका विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति राजकुमार 'आरके' रौनियार ८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई कार्य कक्षबाटै घुस सहित पक्राउ गरेको हो ।

भवन निर्माणको भुक्तानीका लागि उपकुलपति रौनियारले घुस लिएका हुन् । घुस लिएर उनले आफ्ना भजित रामहरी रौनियारलाई राख्न दिएका थिए ।

प्रतिष्ठानमै पढ्ने रामहरीको कोठाबाट रौनियारले बुझेको घुस रकम बरामद भएको आयोगले जनाएको छ ।

रौनियारलाई गत फागुन १६ र १७ गते बसेको प्रतिष्ठानको सञ्चालक समिति 'सिनेट'को बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो ।

गएको फागुन २६ गते उहाँलाई सिनेट वैठकद्धारा प्रधानमन्त्री समक्ष भ्रष्टचारको आरोप लगाएर वरखास्तको निम्ति सिफारिस गरिएको थियो । 

त्यसलगत्तै उनी अदालत गएका थिए । रौनियारले आफूमाथि अन्याय भएको बताएका थिए ।

गत चैत ४ गते अदालतले सिनेटको उक्त निर्णयमाथि अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

रौनियारलाई हटाएपछि सरकारले कार्यबाहक उपकुलपतिको जिम्मेवारी प्रतिष्ठानकै रेक्टर डा गुरु खनाललाई दिएपनि रौनियारले सर्वोच्च अदालतको आदेश पाएर चैत ४ गते पदबहाली गरेका थिए ।