(Japan) 28 th March | 2024 | Thursday | 5:23:49 PM || (Nepal) 2:08:49 PM
 
 


प्रहरी र विप्लब कार्यकर्ताबीच भिडन्त: सँगै चियापान, अनि गोली हानाहान

  POSTED ON : Thursday, 11 July, 2019 | Views : 1804

प्रहरी र विप्लब कार्यकर्ताबीच भिडन्त: सँगै चियापान, अनि गोली हानाहान


काठमाडौं ।

सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबलमा बसेर चिया खाइरहेका थिए ।

दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो । भेट हुनासाथ हात मिलाए र चिया पिउन सुरु गरे । चन्द समूहका ओखलढुंगा इन्चार्ज नीरकुमार राई र सादा पोसाकका प्रहरी जवान सञ्जीव राई चियाको चुस्कीसँगै गफिँदै थिए ।

प्रत्यक्षदर्शीका अनुसार नीरकुमार दुई दिनयता चिया पसलमा आउने-जाने गरिरहेका थिए । बुधबार पनि बिहानै आएर अरु मान्छेसँग ‘हाईहेल्लो’ गरिरहेका थिए ।  करिब ८ बजे सञ्जीव आइपुगे । दुवैले ‘दाइभाइ’ को साइनो पनि लगाए ।

अभिवादन साटासाट गरे । सञ्जीव सुराकीका लागि चिया पसल छिरेका थिए । गफकै क्रममा नीरकुमारले सञ्जीवलाई भने, ‘विप्लवको पार्टीमा लाग्यो भन्दैमा किन खेदो गर्छौ ? पार्टीमा लाग्नु आस्थाको कुरा हो ।’

सञ्जीवले सहज ढंगले उत्तर फर्काए, ‘हामी दुवै राई भएकाले भाइभाइ हो । के गर्नु र ?’
सञ्जीवले यति भनेपछि नीरकुमार पिसाब गर्न जाने भन्दै पसलबाट निस्किन खोजे । सञ्जीवले नीरकुमारको पाखुरा समाते । ‘गफ गरौँ, तपाईं कहाँ जान लागको ? अहिले अरु साथी आउँदै छन्,’ सञ्जीवको भनाई उद्धृत गर्दै प्रत्यक्षदर्शीले सुनाए ।

दुवैबीच तानातान भयो । तानातानकै क्रममा नीकुमार र सञ्जीव होटल बाहिर पुगिसकेका थिए । चन्द समूहका कार्यकर्ताले सञ्जीवलाई गोली प्रहार गरे ।

त्यति नै बेला सादा पोसाकमा हातहतियारधारी प्रहरी पनि घटनास्थल आइपुगे । प्रहरीले पनि नीरकुमारमाथि गोली प्रहार गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा एलिसा श्रेष्ठले लेखेकी छिन् ।