(JAPAN) 18 th November | 2019 | Monday | 6:29:48 PM
(Nepal) 18 th November | 2019 | Monday | 3:14:48 PM
 

बादल बदनाम कमाउँदै-भन्सार पास भारतीय गाडी नजाँच्न गृहमन्त्रीको बदनियतपूर्ण निर्देशन

  POSTED ON : Tuesday, 18 June, 2019 | Views : 118

बादल बदनाम कमाउँदै-भन्सार पास भारतीय गाडी नजाँच्न गृहमन्त्रीको बदनियतपूर्ण निर्देशन


काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापा बादलले एकपछि अर्को बदनियतपूर्ण अभिव्यक्ति र निर्णय गर्ने क्रममा भारतीय गाडिलाई चेकजाँच नगर्न प्रहरी र शसस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री थापाको निर्देशनपछि गृह मन्त्रालयले तराईका २२ जिल्लाका प्रशासन र प्रहरीलाई भन्सार पास भएर आएका मालवाहक गाडी जाँच नगर्न भन्दै बदनियतपूर्ण निर्देशन जारी गरेका हुन् ।

तोकिएभन्दा बढी भारमा सामान ल्याउने, गैरकानुनी सामग्री तथा भन्सार छलेर ल्याएका सामग्री सहज रुपमा नेपाल भित्राउन गृहमन्त्रीलाई केही उद्योगी व्यवसायीले भारतबाट कच्चा पदार्थ ल्याउँदा ट्राफिक प्रहरीले दुख दिएको बहाना बनाउँदै शंकास्पद रुपमा मनाएपछि गृह मन्त्रालयले त्यस्तो निर्देशन जारी गरेको हो ।

भन्सारका कर्मचारीसँग मिलेमतोमा तौलभन्दा धेरै सामान ल्याएको र सूचीमा भएभन्दा फरक सामान भएको देखिएपछि पछिल्ला महिनामा प्रहरीले भन्सार पास भएका गाडी जाँचमा कडाइ गरेको थियो  ।

तर केही उद्योगी व्यवसायीले गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईलाई भेटेर कुरा मिलाएपछि प्रहरीलाई जाँच रोक्न पत्राचार गर्न लगाएका हुन् ।

गृहले जारी गरेको परिपत्रमा समेत स्थानीय प्रशासन र प्रहरीबाट गाडी रोक्ने, दुःख, हैरानी दिने, धरपकड गर्ने, गाडी नियन्त्रणमा लिने कार्यबाट ढुवानी प्रक्रियामा अवरोध भएको भन्दै उद्योगहरूका तर्फबाट लिखित र मौखिक गुनासो आएको उल्लेख छ । स्रोतका अनुसार एक महिनाअघि मात्रै भन्सार पास भएको गाडी रोकेको भन्दै व्यवसायीले गृह मन्त्रालयमा सूचना पुर्‍याएपछि गृहसचिव राईले तराईका एक प्रहरी अधिकारीसँग चासो राखेका थिए ।

तराईको सुरक्षा कमान्ड सम्हालिरहेका प्रहरी अधिकारीहरूले भने गृहको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले भन्सार पास भएका गाडी निर्वाध छाडदा सुरक्षा खतरा हुने, भन्सार छली नियन्त्रणको कारबाही प्रभावित हुने र व्यापारीहरूले भन्सारसँग सेटिङ मिलाएर सजिलै फाइदा लिने बताएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने उद्योगी व्यवासायीको पक्ष लिंदै भन्सार पास भएका गाडी रोक्ने र जाँच गर्ने दायित्व प्रहरीको नभएको तर्क गरेका छन् ।

प्रदेश २ का प्रहरी अधिकारीले गृहको कदमलाई केही व्यापारीको स्वार्थमा भन्सारको सेटिङ बिग्रियो भनेर चालेको कदम भएको बताएका छन् ।

स्मरणीय छ गत चैत २० मा मात्रै प्रहरीले ललितपुरको श्रीकृष्ण फोम इन्डस्ट्रिज प्रालिको ७५ ड्रम केमिकल्स बोकेर काठमाडौं आउँदै गरेको मालवाहक ट्रकबाट ठूलो परिमाणमा भन्सार राजस्व छलीको कपडा बरामद भएको थियो  ।

वीरगन्ज–पथलैया सडकखण्डको जितपुरमा प्रहरीले ना५ख ७९८४ नम्बरको ट्रक जाँच गर्दा २२ पोका भन्सार छलीको कपडा भेटिएको थियो । प्रहरी जाँचमा ट्रकका चालक सरोज पटेलले गाडीभित्र केमिकल्स मात्रै रहेको बताउँदै सोहीअनुसारको भन्सार बिल देखाएका थिए । बरामद सर्टिङ सुटिङ र सुरुवाल–कुर्ताको बजार मूल्य करिब ४० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

यसरी भन्सार छलेर सामान ल्याउने ठग व्यापारिकै पक्षमा हुनेगरि गृहमन्त्री बामदेव गौतमले निर्णय गरेपछि गृहमन्त्री थापाको निर्णयमा फेरी बदनियत देखिएको छ ।