(JAPAN) 18 th June | 2019 | Tuesday | 3:38:24 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 12:23:24 PM
 

प्रधानमन्त्री ओली साता लामो युरोप भ्रमणका लागि प्रस्थान

  POSTED ON : Sunday, 09 June, 2019 | Views : 42

प्रधानमन्त्री ओली साता लामो युरोप भ्रमणका लागि प्रस्थान


काठमाडौं, नेपाल ।

स्विटजरल्याण्ड सहित बेलायत र फ्रान्सको एकसाता लामो भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्यस तर्फ उडेका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुँदै सुरू हुने प्रधानमन्त्री ओलीको युरोप भ्रमण बेलायत र फ्रान्सको राजकीय भ्रमण हुँदै सकिने कार्यक्रम छ ।

जेनेभाको भ्रमण सकेर प्रधानमन्त्री ओली जेठ २७ गते बेलायत पुग्नेछन् ।

प्रधानमन्त्री ओली नेपालको सबभन्दा पुरानो कूटनीतिक सम्बन्ध रहेको देश बेलायतमा तीन दिन रहनेछन् ।

प्रधानमन्त्रीले बेलायती समकक्षी प्रधानमन्त्री टेरेसा मे सँग जेठ २८ गते भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले बेलायती समकक्षी समक्ष द्विपक्षीय हितका साथै भूपू गोर्खा सैनिकका बारेमा छलफल हुने कार्यक्रम छ ।

यस्तै प्रधानमन्त्री ओलीले जेठ २७ गते अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

बेलायतको भ्रमणपछि प्रधानमन्त्री फ्रान्स पुग्नेछन् ।

फ्रान्स भ्रमणका क्रममा दुई मुलुकबीच व्यापार तथा लगानी प्रवर्द्धनसम्बन्धी सम्झौता हुने भएको छ । त्यहाँ दुई देशको ‘वान टु वान’ मिटिङमा सहभागी हुने कार्यक्रम तय भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल र फ्रान्सबीच पर्यटन, प्रविधि र दुई पक्षीय निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्ने कार्यक्रममा सम्झौता गरिने तयारी गरिएको छ ।

समग्रमा प्रधानमन्त्रीको युरोप भ्रमण आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन केन्द्रित हुने दावी प्रधानमन्त्री कार्यालयले गरेको छ ।