(JAPAN) 25 th May | 2019 | Saturday | 2:33:45 PM
(Nepal) 25 th May | 2019 | Saturday | 11:18:45 AM
 

कामिरिताको नयाँ किर्तिमान, सर्वोच्च शिखर सगरमाथा २३ औं पटक आरोहण

  POSTED ON : Wednesday, 15 May, 2019 | Views : 95

कामिरिताको नयाँ किर्तिमान, सर्वोच्च शिखर सगरमाथा २३ औं पटक आरोहण


काठमाडौं ।

सर्वोच्च शिखर सगरमाथाको २३ औं पटक आरोहण गर्दै कामिरिता शेर्पाले नयाँ विश्व कीर्तिमान राखेका छन् ।

सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गरको किर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाइका हुन् ।

सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन् । यसको लागि अझै २ पटक बाँकी रहेको छ ।

कम्तीमा २५ पटक सगरमाथा चढेर रजत महोत्सव मनाउने लक्ष्य रहेको कामरिताको भनाई छ ।

सर्वोच्च शिखर सगरमाथाको एक्काइस पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्न्यास लिइसकेका छन् भने ३८ वर्षिय ङिमा नुरु शेर्पा अझै सक्रिय छन् ।

ङिमा नुरु शेर्पा यस पटक तिब्बततर्फबाट सगरमाथा चढ्ने प्रयासमा छन्।

सबैभन्दा बढी सगरमाथा आरोहण

  आरोही          आरोहण

कामिरिता शेर्पा २३ पटक

ङिमा नुरु शेर्पा २१ पटक

आप्पा शेर्पा           २१ पटक

फुर्वातासी शेर्पा २१ पटक

आङ दोर्जी शेर्पा     १९ पटक

छेवाङ निमा शेर्पा   १९ पटक

मिङ्मा छिरी शेर्पा १९ पटक

लाक्पा रिता शेर्पा १७ पटक

कामिरिता शेर्पा     १६ पटक

निमा गोम्बु शेर्पा १६ पटक

सबै आरोही नेपाली हुन् ।

स्रोत: पर्यटन विभाग, नेपाल


हरेकपटक हिमाल चढ्नुभन्दा एक महिना अघिदेखि गुम्बाहरूमा पूजा गर्न सुरु गर्ने गरेका छर ।

'तपाईँको शरीरमा पाइला टेक्नुपर्‍यो भनेर माफी माग्दै पूजा गर्छु । चुचुरोमा पाइला टेक्नुअगावै तलबाटै तीन पटक ढोगेर माफी माग्छु ।'  सगरमाथा आरोहण र सफलताको आफ्नो रहस्य खोल्दै कामरिताले भने- 'प्रत्येक हिमालमा देवीको बास हुन्छ ।'