(JAPAN) 22 nd August | 2019 | Thursday | 8:15:16 PM
(Nepal) 22 nd August | 2019 | Thursday | 5:00:16 PM
 

बाबुराम र उपेन्द्रका सांसद चिन बिरोधी स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा युरोप गएपछि

  POSTED ON : Wednesday, 15 May, 2019 | Views : 191

बाबुराम र उपेन्द्रका सांसद चिन बिरोधी स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा युरोप गएपछि


काठमाडौं ।

बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको पार्टीका सांसद मित्रराष्ट्र चिन बिरोधी स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा भाग लिन युरोप पुगेका छन् ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका एक सांसद ‘फ्रि तिब्बत’ समूहको कार्यक्रममा सहभागी भएका हुन् ।

पर्साबाट निर्वाचित सांसद प्रदीप यादव राजपा सांसद एकवाल अहमदसँग युरोपको लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको कार्यक्रममा सहभागी भएको खुलेको छ । 

सत्तारुढ पार्टीकै सांसद ‘फ्रि तिब्बत’ अभियानमा सहभागी भएपछि चिनियाँ पक्षले असन्तुष्टि जनाएको छ ।

चिनियाँ असन्तुष्टिपछि समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री यादवले बुधवार विज्ञप्ति जारी गरेर सांसद यादवको सहभगिताबारे पार्टीलाई कुनै जानकारी नभएको जिकिर गरेका छन् ।

यसबारे उनीसँग स्पष्टिकरण लिइने यादवले बताएका छन् । चित्तबुझ्दो जवाफ नआए अनुशासनको कारबाही गरिने यादवको तर्क छ ।

यादवले आफ्ना सांसद फ्रि तिब्बत पक्षधरको कार्यक्रममा गएपनि सामाजवादी पार्टी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै  ‘फ्रि तिब्बत’ समूहको कार्यक्रममा राखेको धारणा पार्टीको धारणा नभएको जिकिर गरेका छन् ।