(JAPAN) 25 th May | 2019 | Saturday | 2:51:38 PM
(Nepal) 25 th May | 2019 | Saturday | 11:36:38 AM
 

नेपालको न्याय ! घुस्याहा अख्तियार आयुक्त पाठक घुस खाएको ७८ लाखनै धरौटि बुझाएर छुटे

  POSTED ON : Wednesday, 15 May, 2019 | Views : 71

नेपालको न्याय ! घुस्याहा अख्तियार आयुक्त पाठक घुस खाएको ७८ लाखनै धरौटि बुझाएर छुटे


काठमाडौं ।

भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त भएर आफैं घुस खाएको पुष्टि भएपछि महाअभियोग छल्न राजिनामा दिएका राजनारायण पाठक विशेष अदालतको आदेशअनुसार ७८ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका छन् ।

विशेष अदालतको माग आदेशअनुसार ७८ लाख रुपैयाँ धरौटी बुझाएर भ्रष्ट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक तारेखमा छुटेका हुन् ।

घुस प्रकरणमा परेका अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकसँग विशेष अदालतले आजै ७८ लाख धरौटी माग गरेको थियो ।

माग गरेको एकघण्टा नबित्दै पाठकले धरौटि रकम बुझाएका हुन् ।

घुस प्रकरणमा परेका अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकसँग विशेष अदालतले ७८ लाख धरौटी मागेको हो ।

घुस लिएको अभियोग परेको मुद्दामा उनी बुधबार बिशेष अदालतमा हाजीर भएका थिए । बयानपछि बिशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु द्वारीकामान जोशी र प्रमोदकुमार श्रेष्ठको तीन जनाको इजालासले पाठकसँग ७८ लाख धरौटी माग्ने आदेश दिएको हो । 

पाठकले धरौटी राख्नका लागि एक घण्टा समय माग गरेको अदालतका एक कर्मचारीले बताए । भक्तपुरको नेपाल इन्जिनियरीङ कलेजमा सञ्चालकबीचको विवादमा लम्बोदर न्यौपाने पक्षमा निर्णय गरिदिने भन्दै पाठकले ७८ लाख रुपैयाँ घुस लिएका थिए ।

घुस लिएको पुष्टि हुने भिडियो सार्वजनिक भएपछि उनीमाथि महाअभियोग लगाउने तयारी भएको थियो । महाअभियोगको तयारीपछि उनले राजिनामा दिएका थिए । आयोगले गत १२ चैतमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । 

पाठकसहित न्यौपानेविरुद्ध समेत मुद्दा दायर भएको थियो । बयानकै क्रममा भागेका न्यौपाने भने अझै फरार छन् ।