(JAPAN) 22 nd August | 2019 | Thursday | 8:35:55 PM
(Nepal) 22 nd August | 2019 | Thursday | 5:20:55 PM
 

नेपालीका लागि भारत असुरक्षित ! दिल्लीमा नेपाली युवतीको सामूहिक बलात्कार

  POSTED ON : Wednesday, 15 May, 2019 | Views : 142

नेपालीका लागि भारत असुरक्षित ! दिल्लीमा नेपाली युवतीको सामूहिक बलात्कार


एजेन्सी ।

भारतमा काम गर्न गएका नेपाली सिमामा लुटिने, भारतमै हेपिने तथा लुटपाट, कुटपीट तथा हत्यासम्मका घटना बाहिरिरहँदा नयाँ दिल्लीमा एक नेपाली युवती सामूहिक बलात्कारमा परेकी छिन् ।

नेपालबाट भारतमा रहेका दाजुलाई भेट्न गएकी एक २४ वर्षीया नेपाली युवती नयाँ दिल्लीमा सामूहिक बलात्कारमा परेकी हुन् ।

आफ्नी बहिनी भारतीयहरुबाट बलात्कारमा परेपछि युवतीका दाजुले प्रहरीमा उजुरी दर्ता गराएका छन् । सो सम्बन्धमा मुद्दा दर्ता परेको र यस मुद्दालाई दिल्ली प्रहरीको जिम्मा लगाइएको जनाइएको छ ।

ती नेपाली युवतीले बलात्कारीको नाम पनि प्रहरीलाई टिपाएको समाचारमा जनाइएको छ । उनीहरुमध्ये एक जनाको फोन नम्बरसमेत प्रहरीलाई दिइएको छ । युवतीले दिल्लीमा रेलबाट कसरी मुम्बई जान सकिन्छ भनेर सोधेकी थिइन् ।

दिल्लीको द्वारका भन्ने स्थानमा रहेको बेलामा एक जना व्यक्तिले उनलाई मद्दत गर्ने बताएको थियो । त्यसपछि सोही व्यक्तिले उनलाई घरमा लिएर गए र त्यही आराम गर्न भने । त्यसपछि सोही घरमा ती युवतीलाई बलात्कार गरेको र  ती व्यक्तिले आफ्ना तीन साथीलाई पनि बोलाएर बलात्कार गरेका थिए ।

सामूहिक बलात्कारपछि ति भारतीयहरुले नेपाली चेलीलाई रेलवे स्टेशन नजिकै छोडेका थिए ।