(JAPAN) 22 nd August | 2019 | Thursday | 8:08:04 PM
(Nepal) 22 nd August | 2019 | Thursday | 4:53:04 PM
 

११७ वर्षीया बाटुलीको जीवनकथा: एकमात्र छोरो बचाउन थानसिङको यात्रा

  POSTED ON : Monday, 13 May, 2019 | Views : 143

११७ वर्षीया बाटुलीको जीवनकथा:  एकमात्र छोरो बचाउन थानसिङको यात्रा


काठमाडौं ।  छोरालाई डोकोमा बोकी सिन्धुपाल्चोकको बाँसबारी गिरानचौरबाट हिंडेर बाटुली लामिछानेले नुवाकोट बसाई सर्नुभएको ७१ वर्ष पुग्यो ।  त्यतिबेला उहाँले ४५ टेक्नुभएको थियो । चार छोरामध्ये तीन छोरा र एक छोरीको अकालमा मृत्यु भएपछि विरक्तिएकी बाटुली एक मात्र छोरालाई जसरी पनि बचाउने सोचमा हुनुहुन्थ्यो । त्यसैले सिन्धुपाल्चोबाट नुवाकोट जिल्लाको ककनी–८ स्थित थानसिङ्गमा आफन्तकोमा आश्रय लिन पुग्नुभयो ।

अहिले ११७ वर्ष टेक्नु भएकी बाटुलीेले शनिवार उहाँकै निवासमा आयोजित सम्मान कार्यक्रममा आफ्ना दुःखका विगत सुनाउनुभयो । तोतेबोलीमा मुश्किलले आफ्ना विगत सुनाउँदै भन्नुभयो, “ आफन्तले सानो छाप्रो बनाएर बसाइको बन्दोबस्त मिलाए । त्यही छाप्रोमा बाँचेको ‘धनमाथिको रातीगेडी’ एक छोरालाई दुःखका साथ हुर्काएँ ।”

उहाँका पाँचौँ पुस्ता नुवाकोटको ककनीमा हुर्किंदै गर्दा बाटुलीलाई हेर्न र आर्शिवाद लिन भन्दै कयौ मानिस थानसिङ्ग पुग्छन् ।  ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले आफ्ना बुवाले भनेको सम्झिँदै भन्नुभयो, “२०२३ सालमा चुनाब जित्नुभएका दुर्गादत्त हुमागाईले बाटुली लामिछानेलाई दिदी भन्नुहुन्थ्यो । हुमागाई दिवङ्गत हुनुभएको झण्डै ५० वर्ष बितेको छ ।

गाउँमा बाटुली आमाले परिचित लामिछानेका छोरा नेत्रप्रसाद लामिछानेका चार छोरी छन् । उमेरले ७६ वर्ष पुगेका नेत्रप्रसादका छोरीतर्फका नाती श्याम ढुङ्गानाले केही महिना अघि मात्रै छोरा जन्माउनु भयो, त्यो बाटुलीले देखेको पाँचौ पुस्ता हो ।

१९५९ चैत १० गते जन्मिनुभएकि लामिछाने अहिलेसम्म प्राप्त र अद्यावधिक तथ्याङ्कमा नेपालकै ज्येष्ठ नागरिकको रुपमा दर्ज हुनुभएको छ । उक्त तथ्यलाई पुष्टी गर्दै लामिछानेको सम्मान गर्न थानसिङ पुग्नु भएकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालले उहाँबाट प्रेरणा लिनुपर्ने बताउनुभयो । गाेरखापत्र दैनिकमा खबर छ ।