(JAPAN) 21 st July | 2019 | Sunday | 9:21:46 AM
(Nepal) 21 st July | 2019 | Sunday | 6:06:46 AM
 

चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं, ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् होशियार !’

  POSTED ON : Monday, 15 April, 2019 | Views : 127

चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं, ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् होशियार !’


काठमाडौं ।

भ्रष्टाचार बिरुद्ध चर्को भाषण गरेपनि सत्ताधारी दलकै वरिष्ठ नेताहरु भ्रष्टाचार, दलाली तथा अकुत सम्पत्ती आर्जनका घटनामा मुछिरहँदा विवेकशिल साझा पार्टीले सरकारलाई सचेत गराउँदै प्रधानमन्त्री निवास अगाडी शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

विवेकशील साझा पार्टीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्ले कार्ड सहित प्रदर्शन गरेको हो ।


प्रदर्शनमा सहभागी पार्टीको नेता–कार्यकर्ताहरुले चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं, भ्रष्टाचार कहिलेसम्म जनता सचेत नभएसम्म, ठूलो माछा कता छ सिंहदरबार जता छ, बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् होसियार, भ्रष्टाचारी बहिष्कार, माफियातन्त्र अस्विकार आदि नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

स्मरणीय छ गत हप्ता मात्र सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीकै महासचिव रहेका विष्णु पौडेलले वालुवाटारको सरकारी जग्गा जग्गा दलालबाट किनेको घटना सार्वजनिक भएको थियो ।


तर सरकारले घटनामा संलग्नलाई कारवाही गर्नुको साटो पौडेलको बचाउ गर्दै उनि ठकिएको भन्दै घटनाको ढाकछोप गर्ने प्रयास गरेको थियो ।

बालुवाटारको जग्गा एमाले नेता विष्णु पौडेलले किनेको होईन दलाललाई सघाउँदा उपहार पाएका हुन् ! यस्तो छ बास्तविकता