(JAPAN) 26 th April | 2019 | Friday | 7:16:46 PM
(Nepal) 26 th April | 2019 | Friday | 4:01:46 PM
 

हाम्रो नेपालमा ! बनाउँदा बनाउँदै पक्की पुल भत्कियो, कमसल निर्माण गर्ने ठेकेदार सहित ५ जना घाइते

  POSTED ON : Monday, 15 April, 2019 | Views : 177

हाम्रो नेपालमा ! बनाउँदा बनाउँदै पक्की पुल भत्कियो, कमसल निर्माण गर्ने ठेकेदार सहित ५ जना घाइते


गुल्मी ।

जिल्लाको बडीगाड खोलामा निर्माण भईरहेको ढलान गरिएको पक्कली पुल भत्किएको छ । पुल भत्किंदा च्यापिएर कमसल निर्माण गर्ने ठेकेदार सहित ५ जना घाईते भएका छन् ।

गुल्मीको मुसिकोट नगरपालिकाका ३ र ७ वडा जोड्ने झेर्दीको पुल कमसल सामग्री निर्माणकै कारण आइतबार साँझ भत्किएको हो ।

पुल भत्किएपछि च्यापिएर पुलका ठेकेदार ऋषिराम इटानी गम्भीर घाइते भएका छन् । उनि सहित अन्य चार जना पुलले च्यापिएर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिएका छन् ।

घाइते हुनेहरूमा मुसिकोट नगरपालिका(३ का २३ वर्षीय रामबहादुर कुमाल,३३ वर्षीय गणेश कुमाल, वडा नम्बर ४ का ५१ वर्षीय रूद्रबहादुर कार्की र बाग्लुङको बडीगाढ गाउँपालिका ७ का जेसिवी चालक तुलबहादुर राना छन् ।


वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालिले निर्माण गर्दै गरेको ५५ मिटर लामो पुल बडीगाड खोलामा आएको सामान्य बाढीको भेलले भत्काएको हो ।

पुल र खोलाको अवस्था हेर्दा पुल बाढीले भत्काएको जस्तो देखिएपनि कमजोर संरचनाका कारण भत्किएको यस क्षेत्रका स्थानिय बताउँछन् । उनिहरुका अनुसार पुल निर्माणमा कमसल सामग्री प्रयोग गरिनुका साथै साना फलामे छड, पुलको बिचमा राखिएको पिलर थोरै मात्र खनेर गाडिनु तथा सानो पिलर हालिनु फुल भत्किएको कारण भएको बताएका छन् ।

हप्तादिन यता पानी नपरेको तथा खेलामा पानीको सतह समेत सामान्य रहेको अवस्थामा बाढीले फुल भत्काएको जस्तो देखिएपनि अन्यन्तै कमजोर सामग्री प्रयोग गरि निर्माण गरिएकै कारण पुल भत्किएको पाईएको छ ।


०७३ सालमा सम्झौता भएर गत वर्षदेखि पुल बनाउने काम भइरहेकोमा पुलको दुई दिनअघिमात्र ढलान गरिएको थियो ।

पुल बनाउन तीन करोडभन्दा बढी रकम खर्च भईसकेपनि एक करोड रुपैयाँको पनि काम नभएको स्थानियहरु बताउँछन् ।