(JAPAN) 21 st July | 2019 | Sunday | 9:20:50 AM
(Nepal) 21 st July | 2019 | Sunday | 6:05:50 AM
 

सोलुखुम्बुको लुक्लामा हवाईजहाँज दुईवटा हेलिकोप्टरसँग जुध्दा कम्तिमा चार जनाको मृत्यु (फोटो फिचर)

  POSTED ON : Sunday, 14 April, 2019 | Views : 592

सोलुखुम्बुको लुक्लामा हवाईजहाँज दुईवटा हेलिकोप्टरसँग जुध्दा कम्तिमा चार जनाको मृत्यु (फोटो फिचर)


काठमाडौं ।

सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको जहाज दुईवटा हेलिकोप्टरसँग जुध्दा भएको दुर्घटनामा परि कम्तिमा चार जनाको मृत्यु भएको छ । 

सोलुखुम्बुको लुक्ला एअरपोर्टमा मनाङ एअरको हेलिकोप्टर, समिट एअरको जहाज आपसमा ठोक्किँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ ।

घटनामा जहाजका पाइलट गम्भीर घाइते भएका छन् । उनको परिचय खुल्न बाँकी छ । त्यस्तै जहाजका को पाइलट (नाम पहिचान बाँकी) को निधन भएको छ ।

लुक्काबाट रामेछापका लागि उडान भर्ने क्रममा समीट एयरको ‘एल १०’ कलसाइनको  विमान  दुर्घटना भएको हो ।

प्राप्त जानकारी अनुसार विमान अवतरण गर्ने क्रममा चिप्लिएर मनाङ एयरलाइन्स र श्री एयरको हेलिकोप्टरमा ठोक्किएर दुर्घटना भएको हो ।

त्यस्तै विमानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीका दुई असईको पनि ज्यान गएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार विमानको ठक्करबाट मनाङ एयर र श्री एयर हेलिकोप्टरमा क्षति पुगेको छ ।

विमानको ठक्करबाट मनाङ एयरको हेलिकोप्टरका क्रु मेम्बरहरु पनि सामान्य घाइते भएका र उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइँदै गरेको जानकारी प्राप्त भएको छ ।


मनाङ एअरको हेलिकोप्टरले लुक्लामा पर्यटक छाडेर टेकअफ गर्न खोज्दा मनाङ हेलिकोप्टरसँग ठोक्किन पुगेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिनुभयो । उहाँका नुसार घटना आज बिहान साढे ९ बजेतिर भएको हो ।

यसैबीच जहाजका कोपाइलटको शव त्यसठाउँबाट झिकिसकिएको छ । हेलिकप्प्टरमा भने पाइलटबाहेक अन्य यात्रु नभएको प्रारम्भिक जानकारी आएको छ ।