(JAPAN) 26 th April | 2019 | Friday | 7:10:13 PM
(Nepal) 26 th April | 2019 | Friday | 3:55:13 PM
 

नेपालमा कुलत बनेको पब्जी खेल प्रतिबन्ध

  POSTED ON : Friday, 12 April, 2019 | Views : 106

नेपालमा कुलत बनेको पब्जी खेल प्रतिबन्ध


काठमाडौं ।

विश्वभर हिंसात्मक घटनामा बृद्धि तथा दुर्घटना र मृत्युसम्म निम्त्याएको मोबाईल खेल पब्जीलाई नेपाल सरकारले प्रतिवन्ध लगाईदिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणलाई सरकारले दिएको निर्देशनपछि आजैदेखि पब्जी खेल नेपालमा प्रतिबन्ध लागेको हो ।

सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बाँस्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मका घटना हुन थालेपछि यसमा प्रतिबन्ध लगाउन निर्देशन दिएका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पनि पब्जी खेलमा प्रतिबन्ध लगाउन माग गर्दै निवेदन समेत परेको थियो ।

पब्जी कम्प्युटर तथा मोबाइलमा खेलिने अनलाइन खेल हो । नेपाल दूरसञ्चार प्राधिकरणका सूचना अधिकारी सन्दिप अधिकारीले जिल्ला अदालतमा मुद्दा परेपछि अदालतले सीआईबीलाई आदेश दिएको र सोही आदेशअनुसार मनोचिकित्सकको परामर्शमा साइट तथा खेल बन्द गरिएको जानकारी दिए ।

उनका अनुसार सीआईबीले दिएको निर्देशनअनुसार सबै इन्टरनेट सेवा प्रदायक कम्पनीलाई सर्कुलर गरिसकिएको जानकारी दिए ।