(JAPAN) 25 th May | 2019 | Saturday | 2:03:00 PM
(Nepal) 25 th May | 2019 | Saturday | 10:48:00 AM
 

'देशद्रोही सिके राउतले जेलबाट छुट्न मात्र ११ बुँदे सम्झौता गरेका हुन्'

  POSTED ON : Wednesday, 13 March, 2019 | Views : 56

'देशद्रोही सिके राउतले जेलबाट छुट्न मात्र ११ बुँदे सम्झौता गरेका हुन्'


काठमाडौं ।

देश विखण्डनकारी गतिविधि गर्दै आएका देशद्रोही सिके राउतले जेलबाट छुट्नको लागि मात्र सरकारसँग सम्झौता गरेको आरोप विवेकशील साझा पार्टीले लगाएको छ ।

सिके राउतले अखण्ड नेपालप्रति जनाएको प्रतिवद्धता जेलबाट मुक्त हुने चालवाजी मात्र भएको पार्टीले जनाएको छ ।

सरकारसँग सम्झौता भएपछि राउत समुहले जनकपुरमा गरेको गतिविधि नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताको बर्खिलापमा रहेको भन्दै विवेकशीलले राउत समुहको गतिविधिप्रति आपत्ति जनाएको छ । सहमतिको ठाडै उलंघन गरेर राउत समूहले देखाएको रवैया र सृजना गरेको व्यापक अन्यौलका कारण सो सहमति खारेज गर्न विवेकशीलले माग गरेको छ ।

पार्टी प्रवक्ता डा. सुर्यराज आचार्यले मंगलबार जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्रीको बहकाउपूर्ण अनावश्यक संलग्नता, पर्याप्त गृहकार्यको अभाव र सहमतिमा प्रयोग गरिएको आपत्तिजनक भाषाशैलीले सरकारको चरम लापरबाही र गैरजिम्मेवारीपन उजागर भएको उल्लेख छ ।

पार्टीले तराई, मधेसका विभिन्न स्थानमा गरेको मधेस मन्थन कार्यक्रममा स्थानीयले सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिवद्धता देखिएकोे भन्दै राउत समुहले मधेसी जनताको भावनालाई प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ । विवेकशिल साझा पार्टीले देशद्रोही सिके राउतसँग भएको सहमति खारेज गर्न माग गर्दै यसले निम्त्याउने जटिलताको जिम्मेवारी सरकारले लिनु पर्ने जनाएको छ ।