(JAPAN) 21 st March | 2019 | Thursday | 3:24:30 PM
(Nepal) 21 st March | 2019 | Thursday | 12:09:30 PM
 

विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै सरकारकाले लगायो प्रतिबन्ध

  POSTED ON : Tuesday, 12 March, 2019 | Views : 52

विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै सरकारकाले लगायो प्रतिबन्ध


काठमाडौं ।  सरकारले नेकपा विप्लव समूहलाई आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको स्रोतले बताएको छ ।   विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।