(JAPAN) 18 th November | 2019 | Monday | 5:38:29 PM
(Nepal) 18 th November | 2019 | Monday | 2:23:29 PM
 

महामहिम राजदूत प्रतिभा राणाद्धारा जापानवासी नेपालीमा दशैं शुभकामना व्यक्त

  POSTED ON : Thursday, 18 October, 2018 | Views : 775

महामहिम राजदूत प्रतिभा राणाद्धारा जापानवासी नेपालीमा दशैं शुभकामना व्यक्त


टोकियो ।

जापानका लागि नेपालका राजदूत प्रतिभा राणाले जापानवासी नेपालीहरुमा बडा दशैंको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

'जापानमा रहनुभएका सबै नेपाली दाजुभाई, दिदिबहिनी तथा आमाबुवामा बडा दशैंको शुभकामना व्यक्त गर्दछु' राजदूतावासमा आयोजित दशैं शुभकामना आदानप्रदान कार्यक्रममा राजदूत राणाले भन्नुभयो '८० हजार बढी नेपालीको अभिभावकको नाताले म सबैको दशैं राम्रो होओस् भन्ने कामना गर्दछु ।'

पछिल्लो समय जापानवासी नेपालीहरुबिच दुतावासबारे केही गुनासो बढेको पाएको स्विकार्दै राजदूत राणाले दूतावाससँग सम्वन्धित जुनसुकै समस्या र गुनासा कार्यालय समयमा लिएर आएमा समाधान गर्ने बताउँदै कार्यालय समयमा आउनुभएका सबै नेपालीका काम आफुले गर्ने बताउनुभयो ।

नेपाली राजदूतावास जापान र गैर आवासिय नेपाली संघ जापानको संयुक्त आयोजनामा गत अगष्ट २५ र २६ तारिख सम्पन्न ११ औं नेपाल फेस्टिवल आयव्यय विवरण सार्वजनिक तथा दशैं शुभकामना आदान प्रदान कार्यक्रममा राजदूत राणाले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा रादूतावासका उपनियोग प्रमूख कृष्णचन्द्र अर्याल, एनआरएनए जापानका अध्यक्ष टासी वागंदी लामा सहित अधिकाशं एनआरएनए पदाधिकारी, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

टोकियो कोमाजावा पार्कमा दुई दिन संचालन गरिएको फेष्टिवलको आयव्यव विवरण सार्वजनिक गर्दै राजदूतावासलाई बुझाइएको विवरण अनुसार यस वर्ष करिव ३३ लाख जापानी येन घाटा भएको देखिएको छ ।