(JAPAN) 21 st March | 2019 | Thursday | 2:22:42 PM
(Nepal) 21 st March | 2019 | Thursday | 11:07:42 AM
 

पर्यटन मन्त्री अधिकारीको निधनमा नेपाली राजदूतावास जापानद्धारा समवेदना व्यक्त

  POSTED ON : Thursday, 28 February, 2019 | Views : 68

पर्यटन मन्त्री अधिकारीको निधनमा नेपाली राजदूतावास जापानद्धारा समवेदना व्यक्त


टोकियो ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा भएको निधनप्रति नेपाली राजदूतावास जापानले गहिरो दुख व्यक्त गरेको छ ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले फागुन १५ गते बुधवार ताप्लेजुङ जिल्लामा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित ७ जनाको दुखद निधनमा गहिरो दुख तथा शोक व्यक्त गर्नुभएको छ ।

नेपाली राजदूतावासद्धारा जारी विज्ञप्तिमा दुखको यस अघिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।

यसैबिच नेपाली राजदूतावास जापानले २८ फेब्रुवरी अर्थात् आज राजदूतावास बन्द हुने सूचना प्रकाशित गरेको छ ।

नेपाल सरकारले फागुन १६ आजकै दिनलाई मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोक घोषणा गरेकाले जापानस्थित नेपाली राजदूतावास बन्द हुने भएको दूतावासद्धारा जारी सूचनामा उल्लेख छ ।