(Japan) 26 th February | 2020 | Wednesday | 3:20:57 PM || (Nepal) 12:05:57 PM
 
 

गजल : किन ? दुई तिहाइ दिल्लीको दास भयो ! -सीताराम के.सी "ध्रुव"

  POSTED ON : Thursday, 18 July, 2019 | Views : 327

गजल : किन ? दुई तिहाइ दिल्लीको दास भयो ! -सीताराम के.सी


वारिको चासो छैन् पारिको खास भयो 

किन? दुई तिहाइ दिल्लीको दास भयो 


ठूल्दाईको दूतले  लैनचौरमा डाकेपछि 

विषादी जाँच नगरी तरकारी पास भयो 


खेलबाड हुन्छ भने स्वास्थ्यसँग समेत 

राज्यसँग जनमनमा केको आस भयो?


राम्रो काम गर्छु भन्थ्यो नयाँ सरकारले 

पुरानै सरकार जस्तो पो बदमास भयो  


विकृतिको विरुद्ध लेख्नै चाहादैन भने 

मान्नुस्  त्यो लेखक जिउँदो लास भयो 


वारिको चासो छैन् पारिको खास भयो 

किन ? दुई तिहाइ दिल्लीको दास भयो !

सीताराम के.सी "ध्रुव"
प्यूठान