(JAPAN) 18 th June | 2019 | Tuesday | 4:07:58 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 12:52:58 PM
 

जापानमा अर्को साहित्यिक संस्था जन्मियो-देवी बहादुर ईङनामको अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघ जापान शाखा गठन

  POSTED ON : Monday, 10 June, 2019 | Views : 55

जापानमा अर्को साहित्यिक संस्था जन्मियो-देवी बहादुर ईङनामको अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघ जापान शाखा गठन


टोकियो, जापान ।

जापानमा रहेका साहित्यकार तथा साहित्यप्रेमी नेपालीहरुको सक्रियतामा विश्व नेपाली साहित्य महासंघ जापान शाखा गठन भएको छ ।

यही जुन ९ तारीखमा विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको समन्वयमा जापान शाखाको तदर्थ समिति गठन गरिएको बताईएको छ ।

देवी बहादुर ईङनामको अध्यक्षतामा गठन गरिएको १३ सदस्य तदर्थ समितिमा भुवन रोका बरिष्ठ उपाध्यक्ष, लोकनाथ अधिकारी उपाध्यक्ष, रविन्द्र दिखुक्पा महासचिव, बिमन किराती सचिव, शिव राज राई आर्थिक सचिव र अशोक कार्कीलाई आर्थिक सह(सचिवको जिम्मेवारी तोकिएको छ ।

भेलाले शंकर हरि राई, गंगा गगन, मञ्जु सावा, दिप मुस्कान, रेश राई, थर्क दिप तिगेलालाई सदस्यमा चयन गरेको छ । तदर्थ समितिले जापानमा रहेका नेपाली श्रष्टाहरुलाई समेट्दै अघि बढ्ने र १ बर्ष भित्र नयाँ कार्यसमितिको गठन गर्ने लक्ष्य राखेको बताईएको छ ।

केन्द्रीय समितिको योजना अनुसार जापानमा साहित्यिक कार्यक्रमहरुको आयोजनालाई निरन्तरता दिदै प्रवासमा नेपाली साहित्यको संरक्षण र सम्बर्धन गर्ने उद्देश्य राखेर विश्व नेपाली साहित्य महासङ्घको शाखा जापानमा गठन गरिएको यसमा आवद्ध पदाधिकारीहरुले दाबी गरेका छन् ।

कार्यक्रममा बिभिन्न साहित्यिक श्रष्टाहरुले आफ्ना साहित्यिक रचनाहरु वाचन समेत गरेका थिए ।

...

स्मरणीय छ जापानमा यसअघिनै साहित्यप्रेमी नेपालीहरुको अर्को संस्था अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज 'अनेसास' जापान सक्रिय छ ।

अनेसास जापानले हरेक तीन तीन महिनामा साहित्यिक कार्यक्रमहरु आयोजना गर्नुका साथै नियमीत कृति प्रकाशन एवं प्रतियोगितात्मक साहित्यिक कार्यक्रमहरु समेत आयोजना गर्दै आएको छ ।