(JAPAN) 17 th October | 2018 | Wednesday | 4:05:09 PM
(Nepal) 17 th October | 2018 | Wednesday | 12:50:09 PM
 

निकट भविष्यमा समुन्द्रमा हुनसक्ने प्रलयकारी भूकम्पको अनुसन्धान गर्न जापानी तोप परिचालन

  POSTED ON : Friday, 12 October, 2018 | Views : 226

निकट भविष्यमा समुन्द्रमा हुनसक्ने प्रलयकारी भूकम्पको अनुसन्धान गर्न जापानी तोप परिचालन

टोकियो ।

समुन्द्रको भित्रि गहिराईसम्म पुगेर सम्भावित प्रलयकारी भूकम्पको अनुसन्धान गर्न जापानको भूकम्प अनुसन्धान तोप बुधवार निक्लिएको छ ।

प्रशान्त महासागरमा हुनसक्ने सम्भावित प्रलयकारी भूकम्पको सम्भावित केन्द्रको नजिक पुगेर अनुसन्धान गर्न यो तोप परिचालन गरिएको हो ।

जापानको पश्चिम तट देखी धेरै पर प्रसान्त महासागरमा पुगेर तोपमा रहेका जापानी भूगर्वविद्ध बैज्ञानिकहरुको टोलिले सम्भावित बिनासकारी ठूलो भूकम्पको सम्भावित केन्द्र ठानिएको क्षेत्रको अनुसन्धान गर्ने जापानी समाचार संस्था एनएचकेले उल्लेख गरेको छ ।

भूकम्प सम्वन्धि अनुसन्धानकर्ता बैज्ञानिकहरुको टोलीले समुन्द्रको पिँधबाट पत्थरहरु बटुलेर यसको अनुसन्धान गर्ने बताईएको छ ।

चिक्यू नामक जहाँज बुधवार मध्यवर्ती जापानको शिजुओखा प्रिफेक्चर स्थित बन्दरगाहबाट गन्तव्यको लागि निक्लिएको हो ।

उक्त जहाँजमा बैज्ञानिकहरु, टोकियो विश्व विद्यालयका अनुसन्धानकर्ता सहित भूगर्वसँग सम्वन्धि अन्य व्यक्तिहरु सहभागी छन् ।

यो अनुसन्धान टोलीले समुन्द्रको ५ हजार २ सय मिटर गहिराईबाट पत्थरहरुको नमुना संकलन गर्नेछ । यस्तो संकलन दर्जनौं स्थानमा गरिनेछ ।

जापानमा ११ बर्षअघि सुरु भएको यो परियोजना अन्तर्रगतको यो १३ औं अभियान हो ।

अनुन्धासन्धाकर्ताहरुले पत्थरको प्रकार हेरेर त्यसको अध्ययन मार्फत भूकम्पको सम्भावित स्थान पत्ता लगाउने र सम्भावित प्रलयकारी भूकम्पको बारेमा पत्ता लगाउन सकिने अनुमान गरेका छन् ।