(JAPAN) 19 th December | 2018 | Wednesday | 1:49:30 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 10:34:30 PM
 

किम जोंग उन र डोनाल्ड ट्रम्प दोश्रो शिखर वार्ता जापानमा हुने !

Gokarna Adhikari   POSTED ON : Wednesday, 10 October, 2018 | Views : 1251

किम जोंग उन र डोनाल्ड ट्रम्प दोश्रो शिखर वार्ता जापानमा हुने !

टोकियो ।

उत्तर कोरियाली नेता किम जोंग उन र अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पबिच हुने बहुप्रतिक्षित दोश्रो शिखर वार्ता आफ्नो देशमा गर्न जापानले प्रस्ताव गरेको छ ।

दक्षिण कोरियाली समाचारपत्र क्युन्गह्यान्ग शिनमुनले श्रोतलाई उदृत गर्दै किम र ट्रम्पबिच हुने शिखर वार्त जापानमा गर्न जापानले राखेको प्रस्तावलाई उत्तर कोरियाले सकारात्मक रुपमा लिएको उल्लेख गरेको छ ।

कोरियाली प्रायद्धिपको ऐतिहाँसिक समस्या र विवाद समाधानको लागि भईरहेको प्रयासमा सहभागी हुन नसकिरहेको जापानले अमेरिका र उत्तर कोरियाली नेताबिचको शिखर वार्ता जापानमा गरेर त्यसमा आफुलाई उपस्थित गराउन लागि परेको समाचारपत्रले लेखेको छ ।

पोम्पेओले अपहरित जापानी नागरिकको अवस्थाबारे किमसँग कुरा उठाए

तर जापानी समाचार संस्था क्योदोका अनुसार जापानी प्रधानमन्त्री शिन्जो आबे सरकारका मुख्य सचिव योशिहिदे सुगाले उक्त समाचारको खण्डन गरेका छन् ।

जापानी प्रधानमन्त्री शिन्जो आबेले आफु उत्तर कोरियाली नेता किमसँग प्रत्यक्ष भेटेर अपहरित जापानी नागरिकको मुद्दा सहित अन्य विषयमा समस्या समाधान चाहिरहेको बताईरहँदा पछिल्लो खवर सार्वजनिक भएको हो ।

दक्षिण कोरिया सहित चिन, रुस, अमेरिका सहित शक्तिशाली देशहरुसँग समन्ध विस्तारमा धेरै अघि बढिसकेको उत्तर कोरियासँग जापानको प्रत्यक्ष सम्वाद समेत नभएको बताईरहँदा जापानले भने अमेरिका र उत्तर कोरियाबिचको शिखर वार्ता गराएर आफुलाई उत्तर कोरियासँग सम्वन्ध स्थापित गराउने मौकाका रुपमा हेरेको ठानिएको छ ।

शिन्जो आबे उत्तर कोरियाली नेता किमसँग प्रत्यक्ष भेट्न ईच्छुक

गत जुनमा सिंगापुरमा किम र ट्रम्पबिचको पहिलो शिखर वार्तापछि नोभेम्वर महिनाको अन्त्य वा डिसेम्वर महिनाको सुरुवातीमा हुनसक्ने ठानिएको दोश्रो शिखर वार्ताको लागि स्थान तय भएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोश्रो शिखर वार्ता सिंगापुरमा नहुने तर कहाँ हुने टुंगो नलागेको बताईरहँदा गत महिना जापानी उच्च अधिकारीहरुले गोप्य रुपमा उत्तर कोरियाली नेताहरुलाई भेटेको खवर बाहिरिन पुगेको थियो ।

उत्तर कोरियाद्धारा पक्राउ गरेका जापानी नागरिक रिहा

लगत्तै उत्तर कोरिया भ्रमणमा जाँदा पक्राउ परेका जापानी नागरिक रिहा हुनु अनि किम ट्रम्प दोश्रो शिखर वार्ता जापानमा हुने खवरले जापान उत्तर कोरियासँग सम्वन्ध स्थापित गराउन सक्रिय रुपमा लागेको देखाउँछ ।

दुई साता अघि भएको पार्टी नेतृत्वको निर्वाचनमा समेत उत्तर कोरियासँग वार्ता गर्न नसकेको आरोपको प्रधानमन्त्री आबेले सामना गर्नुपरेको थियो ।

ट्रम्पले भने-'किमसँग अपहरित जापानी नागरिकको अवस्थाबारे कुरा गरे', आबेद्धारा धन्यवाद व्यक्त

यस्तोमा उत्तर कोरिया र अमेरिका बिचको शिखर वार्ता जापानमा भएमा यसले आबेको कुटनीतिक प्रयासले सफलता पाउनेत छ नै उत्तर कोरियाबाट खतराको महशुस गर्दै आएका जापानी नागरिकले राहतको महशुस समेत गर्ने छन् ।

जापानद्धारा उत्तर कोरियासँग सम्वन्ध स्थापनाको चाहना, आबे पुटिनद्धारा किम ट्रम्प वार्ताको समर्थन

उत्तर कोरियाली नेता किम आबेसँग वार्ता गर्न तयार