(JAPAN) 19 th December | 2018 | Wednesday | 3:04:35 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 11:49:35 PM
 

जापानी पासपोर्ट बन्यो विश्वकै शक्तिशाली

  POSTED ON : Wednesday, 10 October, 2018 | Views : 8418

जापानी पासपोर्ट बन्यो विश्वकै शक्तिशाली

टोकियो ।

विश्वको शक्तिशाली देश कुन हो ? सहजै उत्तर आउँछ अमेरिका, रुस, बेलायत, चिन अनि धेरैपछि बल्ल जापान । तर जापानी पासपोर्ट भने शक्तिशाली यि देशलाई पछि पार्दै सर्वशक्तिमान भएको छ ।

सन् २०१८ अक्टोबर ९ तारिखमा विश्वभर भ्रमण अनुमतिमा सहजता तथा प्राथमिकता पाएको आधारमा एक अनुसन्धानले जापानी पासपोर्ट विश्वकै शक्तिशाली भएको देखाएको छ ।

सबै देशको पासपोर्टको मान्यता र महत्व पाएको आधारमा वर्गिकरण गर्ने हेन्ले पासपोर्ट ईन्डेक्सले सार्वजनिक गरेको तथ्यांक अनुसार जापानी पासपोर्ट बाहकहरुले विश्वका १ सय ९० देशमा सहज प्रवेश अनुमति पाएका छन् ।

विवरण अनुसार जापानी पासपोर्ट बाहकले विना भिषा प्रवेश तथा सहजै कुनैपनि देश प्रवेश पाएको आधारमा जापान विश्वकै शक्तिशाली पासपोर्टमा दरिएको हो ।

हेन्ले पासपोर्ट ईन्डेक्सको विवरण अनुसार जापानले पहिलो नम्वरमा रहेको सिंगापुरलाई पछि पारेको हो । सिंगापुरको पासपोर्ट भने १ सय ८९ देशमा प्रवेश अनुमतिका आधारमा दोस्रो नम्वरमा झरेको छ ।

सिंगापुर पाराग्वेले दिंदै आएको भिजा फ्रि अनुमति रद्द गरिदिएपछि दोस्रो नम्वरमा झरेको हो भने जापानी पासपोर्ट अक्टोबर १ तारिखबाट म्यानमारले भिजा फ्रि गरेपछि पहिलो नम्वरमा उक्लिएको हो ।

जापान र सिंगापुर पछि तेस्रो नम्वरमा जर्मन पासपोर्ट रहेको छ । जर्मन पासपोर्ट बाहकले १ सय ८८ देशमा सहज अनुमति प्रवेश पाउँछन् । यसैगरि फ्रान्स र दक्षिण कोरियाको पासपोर्ट पनि समान १ सय ८८ देशमा सहज प्रवेशले चौथो नम्वरमा रहेका छन् ।

अमेरिका र बेलायती पासपोर्टले १ सय ८६ देशमा सहज अनुमति पाएर पाचौं नम्वरमा रहँदा रसिया ४७ औं स्थानमा र चिन ७१ औं स्थानमा रहेको छ ।