(JAPAN) 21 st November | 2018 | Wednesday | 2:20:39 AM
(Nepal) 20 th November | 2018 | Tuesday | 11:05:39 PM
 

पुटिनद्धारा जापानसँग बिना कुनै शर्त शान्ति सम्झौताको प्रस्ताव

  POSTED ON : Wednesday, 12 September, 2018 | Views : 201

पुटिनद्धारा जापानसँग बिना कुनै शर्त शान्ति सम्झौताको प्रस्ताव

टोकियो ।

रुसी राष्ट्रपती भ्लादिमिर पुटिनले जापानसँग शान्ति सम्झौता गर्न प्रस्ताव राखेका छन् ।

राष्ट्रपती पुटिनले जापानी प्रधानमन्त्री शिन्जो आबेसँगको भेटमा यस बर्षको अन्त्यसम्ममा दुवै देशबिच बिनाकुनै शर्त शान्ति सम्झौता गर्न प्रस्ताव गरेका हुन् ।

पुटिनले रुसको व्लादिवोस्तोकमा भएको पूर्वी आर्थिक मञ्चको बैठकका क्रममा भएको भेटमा यस्तो प्रस्ताववारे आफुलाई बिचार आएको भन्दै आबेसँग शान्ति सम्झौता गर्न प्रस्ताव गरेका हुन् ।

पुटिनले सहमतीमा दुवै देशका नेता बसेर मित्रवत रुपमा विवादीत मुद्दाहरुमा छलफल गर्न चाहेको बताएको एनएचके अनलाईनले खवर लेखेको छ ।