(JAPAN) 25 th September | 2018 | Tuesday | 4:01:31 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 12:46:31 AM
 

जापानी प्रधानमन्त्री आवे र रुसी राष्ट्रपती पुटिनबिच शिखरवार्ता

  POSTED ON : Tuesday, 11 September, 2018 | Views : 110

जापानी प्रधानमन्त्री आवे र रुसी राष्ट्रपती पुटिनबिच शिखरवार्ता

टोकियो ।

जापानी प्रधानमन्त्री शिन्जो आबे र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच रुसमा शिखर वार्ता सम्पन्न भएको छ ।

रुसको सुदूर पूर्वमा रहेको व्लादिवोस्तोक शहरमा भएको शिखर वार्तामा दुई देशले शान्ति तथा मैत्री सम्बन्ध सहित व्यापार, विवादीत द्धिप र कोरियाली प्रायद्धिपको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका छन् ।

आबे र पुटिनबिच एक विश्वविद्यालयमा भेट पछि शिखर वार्ता भएको हो । आबे र पुटिन बिच दुवै नेता देशको प्रमुख रहेको समयमा भएको यो २२ औं भेटवार्ता हो । यसअघि दुई नेताले गत मे महिनामा रुसी राजधानी मस्कोमा भेटवार्ता गरेका थिए ।

भेटपछि आयोजित संयुक्त प्रेस कन्फ्रेन्समा रुसी राष्ट्रपति पुटिनले एकै भेटमा दुईदेशका विवादीत सहित अन्य कुरा टुंगो लाग्न नसक्ने भन्दै धेरै कुराका सकारात्मक रुपमा कुरा अघि बढेको बताएका छन् ।

जापानी प्रधानमन्त्री आवेले आफु पुटिनसँग निकै आसावादी रहेको भन्दै आर्थिक विषय र दक्षिणी भेगमा रहेका चार द्धिपका विषयमा समझदारीपूर्ण कामहरु अघि बढेको बताए ।