(JAPAN) 25 th September | 2018 | Tuesday | 4:23:45 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 1:08:45 AM
 

नाओमी ओसाका यूएस ओपन टेनिसको उपाधि जित्ने पहिलो जापानीज खेलाडी

  POSTED ON : Sunday, 09 September, 2018 | Views : 210

नाओमी ओसाका यूएस ओपन टेनिसको उपाधि जित्ने पहिलो जापानीज खेलाडी

जापान ।

जापानकी नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि जितेकी छन् । ६ पटककी उपाधि विजेता सेरेना विलियम्सलाई सोझो सेटमा पराजित गर्दै ओसाकाले उपाधि जितेकी हुन् ।

ओसाका युएस ओपन जित्ने पहिलो जापानीज खेलाडी बनेकी छन् । उनले सेरेनलाई ६–२ तथा ६–४ को सेटमा पाखा लगाएकी थिइन् ।

ओसाकाले पहिलो सेट सजिलै जिते पनि दोस्रो सेटमा भने संघर्ष गर्नु परेको थियो । खेलका दौरान सेरेना र एम्पाएरबीच विवादसमेत भएको थियो ।  पछि सेरेना आफैले माफि मागेकी थिइन् ।