(JAPAN) 18 th July | 2018 | Wednesday | 9:11:35 AM
(Nepal) 18 th July | 2018 | Wednesday | 5:56:10 AM
 

जापानमा सुनामीको झल्को दिने बिपत्तिमा १७५ को मृत्यु-८७ बेपत्ता, आबे पुगे पिडितलाई भेट्न (भिडियो सहित)

  POSTED ON : Thursday, 12 July, 2018 | Views : 3272

जापानमा सुनामीको झल्को दिने बिपत्तिमा १७५ को मृत्यु-८७ बेपत्ता, आबे पुगे पिडितलाई भेट्न (भिडियो सहित)

गोकर्ण अधिकारी-टोकियो ।

भारी बर्षापछिको बाढी र पहिरोले ठूलो मानविय र भौतिक क्षति पारेपछि बिदेश भ्रमण रद्द गरेका जापानी प्रधानमन्त्री सिन्जो आबे पिडितहरुलाई भेट्न पुगेका छन् ।

बुधवार हिरोसिमा सहित केही स्थानमा बाढी पहिरो पिडितहरुलाई भेट्दै आवेले दुख व्यक्त गर्दै सरकारले पुर्नस्थापना र आपतकालिन व्यवस्थाको जिम्मा लिने बचन दिएका छन् ।

उद्दार टोलीकै पोशाकमा बाढी पहिरो प्रभावित क्षेत्रको निरिक्षण र विस्थापितहरुको अवस्था बुझ्न गएका प्रधानमन्त्री आवेले पिडितहरुलाई प्रत्यक्ष भेटेर कुराकानी समेत गरेका छन् । 

यसैबिच बुधवार राती अबेर सम्ममा बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या बढेर १ सय ७५ नाघेको छ ।

हिरोसिमा क्षेत्रमा मात्र कम्तिमा ७१ जना मारिएको पुष्टि भएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।

अझै ८७ जना बेपत्ता भएको जानकारी अधिकारीहरुले दिएका छन् ।

मृतकको संख्या बढ्दै गईरहँदा बाढी पहिरो प्रभावित क्षेत्रका केही स्थानियहरु बेपत्ताको जानकारी थपिंदै जाँदा मृत्यु हुनेको संख्या सँगै बेपत्ताको संख्या पनि बढी रहेको छ ।

अधिकारीहरुले मृतकको संख्या २ सय नाघ्नसक्ने भन्दै तीन दिन यता बाढी पहिरोबाट भने कसैको ज्यान नगएको र बढेको संख्या त्यसअघि घएको घटनामा परेकाहरु भएको जनाएका छन् ।