(JAPAN) 19 th December | 2018 | Wednesday | 2:20:54 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 11:05:54 PM
 

जापानमा बाढि पहिरोमा मृत्यु हुनेको संख्या १२५ पुग्यो, आबेद्धारा पिडितलाई राहत घोषणा

  POSTED ON : Tuesday, 10 July, 2018 | Views : 1597

जापानमा बाढि पहिरोमा मृत्यु हुनेको संख्या १२५ पुग्यो, आबेद्धारा पिडितलाई राहत घोषणा

टोकियो ।

लगातारको भारी बर्षापछि आएको बाढी र पहिरोको बिपत्तिमा परेर जापानमा मृत्यु हुनेको संख्या १ सय २५ पुगेको छ ।

हराईरहेका व्यक्तिहरु मृत भेटिन थालेसँगै मृत्यु हुनेको संख्या बढेर सोमबार मध्यरात सम्ममा १२५ पुगेको जापानी समाचार संस्था एनएचकेले उल्लेख गरेको छ ।

सरकारी अधिकारीहरुलाई उदृत गर्दै समाचारमा उल्लेख गरे अनुसार २ जना गम्भिर अवस्थामा रहेका छन् भने ६० जना अझै फेला परेका छैनन् ।

आवेद्धारा विशेष राहत प्याकेज घोषणा


देशमा परेको बिपत्तिमा लाग्नुपर्ने भन्दै आफ्नो आसन्न युरोपीयन देशहरु र साउदी तथा ईजिप्टको भ्रमण रद्द गरेका जापानी प्रधानमन्त्री सिन्जो आबेले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा विशेष आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

सोमबार आपतकालिन बैठक पछि उद्दार तथा राहतबारे जानकारी गराउँदै आबेले प्रभावितहरुको लागि तत्काल अस्थाई आवास निर्माणमा सहयोग गरिने बताएका छन् ।

यसैगरि प्रभावित क्षेत्रमा भौतिक संरचना पुनर्निर्माणमा तिब्रता दिने भन्दै यसको लागि सरकारले सबै सहयोग गर्ने बचन प्रधानमन्त्री आबेले दिएका छन् ।


बाढी तथा पहिरोबाट प्रभावित १० हजार बढी व्यक्ति हाल सरकारले खडा गरेको अस्थायि शिविरहरुमा बसिरहेको र धेरै स्थानमा सरकारी तथा संघसंस्थाको पहलमा खानेपानि सहित खाद्यान्न र कपडाहरु वितरण भईरहेको समाचारमा जनाइएको छ ।