(JAPAN) 19 th December | 2018 | Wednesday | 1:49:09 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 10:34:09 PM
 

जापानमा बाढी, पहिरोमा मृत्यु हुनेको संख्या ११२ पुग्यो, उद्दारमा लाग्न आबेद्धारा बिदेश भ्रमण रद्द

  POSTED ON : Monday, 09 July, 2018 | Views : 2616

जापानमा बाढी, पहिरोमा मृत्यु हुनेको संख्या ११२ पुग्यो, उद्दारमा लाग्न आबेद्धारा बिदेश भ्रमण रद्द

टोकियो ।

एक दर्जन प्रान्त बाढी पहिरोबाट प्रभावित तथा मृत्यु हुनेको संख्या ११२ पुगिरहँदा जापानी प्रधानमन्त्री सिन्जो आबेले बिदेश भ्रमण रद्द गरेका छन् ।

प्रधानमन्त्री आबेले उद्दार तथा राहतमा खटिएर लाग्नुपर्ने बेलामा बिदेश भ्रमण अनुपयुक्त भन्दै बेल्जियम, फ्रान्स, साउदी अरेबिया, ईजिप्टका लागि तय गरिएको यसै हप्ताको भ्रमण रद्द गरेका हुन् ।

सरकारी अधिकारीहरुका अनुसार सोमबार अपरान्ह ४ बजेसम्ममा बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या बढेर १ सय १२ पुगेको छ । ३ जनाको अवस्था चिन्ता जनक रहेको छ । यसैगरि ७८ जना हराईरहेका छन् ।

बाढी र पहिरोबाट सबैभन्दा बढी हिरोसिमा क्षेत्रमा असर परेको छ । सो क्षेत्रमा मात्रै कम्तिमा ४४ जनाको मृत्यु भएको छ । यस्तै ओकयामा, इहिमे, क्योतो, यामागुची, फुकुओका, कागोसिमा, ह्योगो, सिगा, गिफु, कोचि र सागा प्रान्तमा भारि बर्षापछिको बाढी र पहिरोले धेरै क्षति पुगेको छ ।

सरकारी अधिकारीहरुलाई उदृत गर्दै जापानी समाचार संस्था एनएचकेले उल्लेख गरे अनुसार भौतिक संरचनामा पुगेको क्षति तथा उद्दारको काम जारी रहेकाले मानविन क्षतिको विस्तृत विवरण आउन अझै केही दिन लाग्नेछ ।

हराईरहेकाहरुको संख्या बढिरहँदा उनिहरु जिवितै भेटिने सम्भावना समेत न्युन बन्दै गएको समाचारमा जनाईएको छ ।

बाढीमा हराएका तथा पहिरोमा पुरिएकाहरुको सम्भावित स्थानमा उद्दारप्रयास केन्द्रित रहेको भन्दै अधिकारीहरुले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताएका छन् ।