(JAPAN) 19 th December | 2018 | Wednesday | 2:25:52 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 11:10:52 PM
 

बाढी पहिरोले जापानमा ८५ जनाको ज्यान लियो, ६ जना गम्भिर, ५८ जना बेपत्ता

  POSTED ON : Sunday, 08 July, 2018 | Views : 806

बाढी पहिरोले जापानमा ८५ जनाको ज्यान लियो, ६ जना गम्भिर, ५८ जना बेपत्ता

टोकियो ।

जापानको पश्चिम भागमा भारि बर्षापछि आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या ८५ पुगेको छ ।

जापानी अधिकारीहरुका अनुसार आईतबार राती ११ बजेसम्ममा ८५ जनाको मृत्यु भएको छ भने ६ जना गम्भिर अवस्थामा रहेका छन् । यस्तै कम्तिमा ५८ जना बेपत्ता छन् ।

बाढी पहिरोमा परि मृत्यु हुनेमा सबैभन्दा बढी हिरोसिमा क्षेत्रका नागरिक रहेका छन् । बर्षापछिको बाढी पहिरोबाट सबैभन्दा बढी प्रभावित हिरोसिमा प्रिफेक्चरमा ३७ जनाको निधन भएको छ ।

यसैगरि इहिमे प्रिफेक्चरमा २१ जनाको मृत्यु भएको छ भने ओकायामा, ह्योगो, क्योतो, सिगा, फुकुओका, कोचि, गिफु, यामागुची र सागा प्रिफेक्चरमा पनि बाढी र पहिरोमा परि मृत्युहुनेहरु रहेका छन् ।

हिरोसिमामा ३ जना गम्भिर अवस्थामा रहेका साथै कागोसिमामा २ जना र ह्योगोमा १ जनाको अवस्था चिन्ताजनक रहेको छ ।


ओकायामा प्रिफेक्चरको कुरासिकी शहरमा मात्र कम्तिमा १ सय जनाको आपतकालिन उद्दार गरिएको छ ।

बाढीबाट हिरोसिमा क्षेत्रमा ७ लाख ८७ हजार १ सय ७५ हजार घर बाढी तथा डुबानको समस्यामा परेका छन् ।

यस्तै फुकुओकामा ५७ हजार ४ घर तथा ओकायामा प्रान्तमा २ लाख ५७ हजार ५ सय ३ घरका नागरिकलाई घर छाड्न भनिएको वा छाडेका छन् ।

यसैगरि इहिमे प्रान्तमा २६ हजार ७ सय ५४ घर बाढी पहिरोको चपेटामा पर्दा यि आवासमा रहने नागरिकहरु तत्कालको लागि विस्थापित हुन पुगेका छन् ।


अधिकारीहरुले फायरफाईटर हेलिकोप्टर उद्दारमा खटिएको भन्दै अस्पताल र प्रभावित क्षेत्रमा हेलिकोप्टरहरु बढी केन्द्रित भएको बताएका छन् ।

मौसम एजेन्सीका अधिकारीहरुले भारी बर्षाबाट प्रभावित क्षेत्रका नागरिकहरुलाई सरकारी निकायबाट जारि आधिकारीक सुचनाहरुलाई पालना गर्न अनुरोध गर्दै चेतावनी जारि गरिएको ठाउँमा नजान सचेत गराएका छन् ।