(JAPAN) 17 th October | 2018 | Wednesday | 4:02:16 PM
(Nepal) 17 th October | 2018 | Wednesday | 12:47:16 PM
 

ट्रम्पले भने-'किमसँग अपहरित जापानीबारे कुरा गरें' आबेद्धारा समस्या समाधान प्रयासको हृदयदेखी सम्मान

  POSTED ON : Tuesday, 12 June, 2018 | Views : 482

ट्रम्पले भने-'किमसँग अपहरित जापानीबारे कुरा गरें' आबेद्धारा समस्या समाधान प्रयासको हृदयदेखी सम्मान

टोकियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनसँग अपहरित जापानी नागरिकको अवस्थाबारे कुरा गरेको बताएका छन् ।

सिंगापुरमा मंगलबार उत्तर कोरियाली नेता किम जोगं उनसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा पत्रकारको जिज्ञासाको जवाफमा ट्रम्पले उत्तर कोरियाद्धारा अपहरित जापानी नागरिकको मुद्दा उठाएको बताएका हुन् ।

ट्रम्पले भने उत्तर कोरियाद्धारा अपहरित जापानी नागरिकको मुद्दा जापानी प्रधानमन्त्री शिन्जो आबेको लागि महत्वपूर्ण रहेको छ ।

'संयुक्त वक्तव्यमा यसबारेमा उल्लेख गरिएको छैन तर यसमा काम हुन्छ' ट्रम्पले भनेका छन् ।

यसैबिच जापानी प्रधानमन्त्री शिन्जो आबेले अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनबिचको शिखर वार्तालाई समस्या समाधानको पहिलो कदम भएको बताएका छन् ।

आबेले मंगलबार संवाददाताहरुलाई यो शिखर सम्मेलन आयोजना गरेका ट्रम्पको नेतृत्व र प्रयासको हृदयदेखी सम्मान समेत गरेको बताए ।

किम र ट्रम्पबार्तामा चार बुँदे सहमती, सहमतीका बुँदा र शिखर वार्ताका विवरणहरु सहित