(JAPAN) 19 th June | 2018 | Tuesday | 12:18:19 PM
(Nepal) 19 th June | 2018 | Tuesday | 9:02:54 AM
 

किम र ट्रम्पबार्तामा चार बुँदे सहमती, सहमतीका बुँदा र शिखर वार्ताका विवरणहरु सहित

  POSTED ON : Tuesday, 12 June, 2018 | Views : 1570

किम र ट्रम्पबार्तामा चार बुँदे सहमती, सहमतीका बुँदा र शिखर वार्ताका विवरणहरु सहित

टोकियो ।

हरेक चार वर्षमा आयोजना हुने विश्वकै सबैभन्दा लोकप्रिय र बहुप्रतिक्षित विश्वकप फुटबललाई नै छायाँमा पारेर चर्चा र चासोले हेरिएको उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच भेटवार्ता सम्पन्न भएको छ ।

सिंगापुरमा सम्पन्न वार्तामा चार बुँदे ऐतिहाँसिक सम्झौता भएको छ । सेन्टोसा द्विपमा रहेको क्यापेला होटलमा ३८ मिनेटसम्म दुई नेताबिच एक्लाएक्लै कुराकानी समेत भएको छ ।

भेटघाट र वार्तापछि दुई देशका नेताले चार बुँदे सहमतीमा हस्ताक्षर गरेका छन् ।


सस्ताक्षरित चार सहमती 

१. संयुक्त राज्य अमेरिका र उत्रर कोरिया शान्ति र समृद्धिाके लागि दुई देशको ईच्छा अनुसार नयाँ सम्वन्ध स्थापित गर्न प्रतिवद्ध भएका छन् ।

२. अमेरिका र उत्तर कोरिया कोरियाली प्रायद्धिपमा स्थायी शान्ति स्थापना र निर्माण गर्न आ आफ्नो ठाउँबाट प्रयास गर्नेछन् र सहभागी हुनेछन् ।

३. अफ्रि २७ सन् २०१८ पान्मुनजोम घोषणापत्रमा सहमती जनाउँदै दक्षिण कोरिया कोरियाली प्रायद्धिपमा शान्ति स्थापनाको लागि परमाणु निशस्त्रीकरणको लागि काम गर्न प्रद्धिवद्ध छ ।

४. संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया युद्धबन्दी र लडाईंका क्रममा बेपत्ता भएकाहरुको अवशेष खोजी गर्ने र पहिचान भैसकेका पार्थिव अवशेषहरुलाई सम्बन्धित देशमा तत्काल पठाउन पनि प्रतिबद्ध ।


भेटपछि उत्तर कोरियाली नेता किमलाई पत्रकारहरुले परमाणु निरस्त्रीकरणका लागि उनी तयार छन त ? भनी सोधेका थिए । तर उनले प्रश्नको सिधा उत्तर नदिइ भने-“यहाँसम्म आइपुग्न सहज थिएन, हाम्रो इतिहास... हाम्रा पूर्वाग्रहहरुले अगाडि बढ्न रोकिरहेका थिए, तर हामी आइपुग्यौं ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले भने भेटमा छलफल राम्रो भएको बताए ।

राष्ट्रपति ट्रम्पले वार्ताबाट हासिल भएको उपलब्धीबाट आफूले निकै गर्वको अनुभव गरेको बताएका छन् ।

उनले विगतको दांजोमा अब संयुक्त राज्य अमेरिका र कोरियाली प्रायद्वीपबीचको सम्बन्ध नितान्त भिन्न हुने पनि बताएका छन् ।


उनले दुवै पक्षले एकदमै विशेष सम्बन्ध विकसित गरेको समेत भनेका छन्।

नेता किमले बैठक ऐतिहासिक भएको भन्दै विश्वले अब ठूलो परिवर्तन देख्न पाउने बताए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले किमसँगको भेटवार्ता पछि 'विशेष सम्बन्ध' स्थापित भएको र यसले उत्तरसँगको अमेरिकाको सम्बन्ध पनि फरक ढंगबाट अगाडि बढ्ने बताएका छन्।

'हामीले विश्वकै सबैभन्दा खतरनाक समस्यालाई अन्त्य गर्न सफल भएका छौं' ट्रम्पले भने-'यस उपलब्धीबाट विश्वका सबै मानिस धेरै खुशी हुने छन् ।'

ट्रम्पले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै भने-'किम निकै प्रतिभाशाली रहेछन,किमले आफ्नो देशलाई निकै माया गर्दा रहेछन् ।'


आ-आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा धाप मारे ।

त्यसपछि उनीहरूले अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरे र एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालयतर्फ लागेका थिए ।

बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भेटवार्ता भएको यो पहिलो पटक हो ।

आज किम र ट्रम्पबिच ऐतिहाँसिक भेटवार्ता, सिंगापुरका प्रधानमन्त्रीसँग ट्रम्प र किमको भेट-आबेसँग फोनबार्ता