(JAPAN) 17 th October | 2018 | Wednesday | 4:38:40 PM
(Nepal) 17 th October | 2018 | Wednesday | 1:23:40 PM
 

आज किम र ट्रम्पबिच ऐतिहाँसिक भेटवार्ता, सिंगापुरका प्रधानमन्त्रीसँग ट्रम्प र किमको भेट-आबेसँग फोनबार्ता

  POSTED ON : Monday, 11 June, 2018 | Views : 2201

आज किम र ट्रम्पबिच ऐतिहाँसिक भेटवार्ता, सिंगापुरका प्रधानमन्त्रीसँग ट्रम्प र किमको भेट-आबेसँग फोनबार्ता

गोकर्ण अधिकारी-टोकियो ।

विश्वकप फुटबलको जति चासो बढिरहेको छ त्यत्तीकै चासो र चर्चामा छ आज हुन लागेको उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको ऐतिहाँसिक भेटवार्ता ।

ऐतिहाँसिक यस अर्थमा कि दुई देशका प्रमुखको यो १८ बर्षपछिको भेटघाट हो ।

अर्को महत्वपूर्ण कारण विश्वयुद्ध निम्त्याउनसक्ने दुई देशबिचको युद्ध उक्साहट र गतिविधि साम्य हुने महत्वपूर्ण छलफल आज हुँदैछ ।

जुन छलफलले उत्तर कोरियाको अबको बाटो त तय गर्ने छ नै कोरियाली प्रायद्धिपसँगै चीन, जापान अनि अमेरिका आफैंलाई बर्षेनी यो क्षेत्रमा खर्च गर्नुपरेको अर्बौं डलर बचावट र ठूलो सुरक्षा तनाव कम गर्नेछ ।

ट्रम्प किम भेटवार्ताको सुरक्षा नेपाली गुर्खाजले गर्ने, ट्रम्प किमप्रति नरम-आबे आक्रामक


उत्तर कोरिया स्थायी शान्तिका लागि तयार तर शान्ती र समृद्धि यात्रा 'शर्त'


उत्तर कोरियाले स्थायी र दिगो शान्ति स्थापनाको लागि परमाणु निशस्त्रीकरण तथा आपसि हितका लागि छलफल गर्न तयार रहेको संकेत देखाइसकेको छ ।

अब एउटा परिवर्तित युग शुरू भएको बताएको उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिने कदममा कोरियाली प्रायद्धिपसँगै विश्वको शान्ति यात्रा भर पर्ने धारणा शिखर बैठक अघि राखेको छ ।

आफ्ना परमाणु अस्त्र सदाका लागि त्याग्न तयार देखिएपनि तत्काल एकैपटक त्यसो गर्न तयार नदेखिएको उत्तर कोरिया बदलामा समृद्ध कोरिया शान्तीसँगै सुरक्षाको प्रत्याभुति चाहन्छ । उसमा भय छ कि आणविक हतियार रहेको झुठो प्रचार गरेर ईराकमाथि आक्रमण गरेको अमेरिकाले भोली आफुमाथि त्यसो नगर्ला भन्न सकिन्न । अर्को कुरा आणविक हतियार बन्द गराएर त्यहीँ बिद्रोह जन्माएर उत्तर कोरियाली शाषकलाई लिबियाली शासक मोअम्मर गद्दाफीको हालतमा पुर्याएर हत्या गराउने प्रपञ्च नगराउला भन्न पनि सकिन्न ।



बेला बखत अमेरिकी बिदेश मन्त्री सहित विभिन्न तहका उच्च व्यक्तिहरुको शंकास्पद र विवादास्पद अभिव्यक्तिबाट जानकार उत्तर कोरिया अमेरिकी चालबाट बच्न पनि आणविक हतियारको व्यवस्थापनमा दिर्घकालीन योजना अपनाउन तयार भएको छ । तर अमेरिकाले त्यो प्रक्रियालाई हतारमा गर्न चाहेमा वा नगरेमा युद्ध वा नाकाबन्दीको पुरानै धम्की र चेतावनी दिएमा निश्चित छ यसले उत्तर कोरियालाई त्यसबाट अझ टाढा लानेछ र उसलाई झनै अफ्टेरोमा पार्नेछ । सँगै यसले अमेरिका विश्वशान्तिका लागि वास्तवमै सकारात्मक पक्षमा छैन भन्ने पुष्टि गर्नेछ । यसले अमेरिकालाई पनि धेरै मोर्चामा अफ्टेरो पार्नुका साथै ठूलो मुल्य चुकाउनुपर्ने अवस्था सिर्जना गर्नेछ ।

जापानद्धारा उत्तर कोरियासँग सम्वन्ध स्थापनाको चाहना, आबे र पुटिनले गरे ट्रम्प-किम बैठकको समर्थन

तर आफ्ना निर्णयमा अनिश्चित तर जे पनि हुनसक्ने खालको निर्णय गर्ने स्वभाव र बानीका ट्रम्पले विश्व जी सेभेन बैठक भन्दा किमसँगको शिखर वार्तालाई महत्व दिएर जी सेभेन बैठक समापन अघिनै सिंगापुर यात्रा गरेबाट उनि पनि किमसँगको यात्रा अघि बढाउन र सकारात्मक कदम चाल्ने पक्षमा रहेको अनुमान विश्व समुदायबाट गरिएको पाइन्छ ।


त्यसमाथि कोरियाली प्रायद्धिपमा दक्षिण कोरिया बाहेक अन्य देश अझ उत्तर कोरियामाथि अमेरिकाले सबै किसिमले प्रतिस्पर्धी देशका रुपमा चित्रित गर्दै आएको चीनको दवाव र प्रचाव सबै किसिमले बढिरहेको अवस्थामा त्यसलाई घटाउन पनि अमेरिका उत्तर कोरियासँग केही सौदावाजी गरेर भनेपनि शान्ति प्रक्रिया अघि बढाउन तयार हुन थालेको देखिन्छ ।

यदी यसो भयो भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेजस्तै सिङ्गापुरमा आज हुने वार्ता विश्व शान्ति स्थापनामा एउटा कोसेढुंगा सावित हुनेछ । साथै किमको सिंगापुर यात्रा ह्वाइट हाउस हुँदै विश्व समुदायसम्म विस्तार हुनेछ । जुन यात्राको लागि उत्तर कोरियाले दुई दशक बढी समय विश्व समुदायबाट अलग भएर सैन्य क्षमता विस्तार गर्दै क्षेप्यास्त्र विकास र आणविक हतियार निर्माण गरेर शक्तिशालि देश अमेरिकालाई चुनौति सहित विश्व समुदायलाई नै सतर्क वार्न सफल भएको छ ।


सिंगापुरका प्रधानमन्त्रीसँग किम र ट्रम्पको छुट्टा-छुट्टै भेटवार्ता, आबे र ट्रम्पबिच टेलिफोन वार्ता


सिंगापुरका प्रधानमन्त्री ली शिएन लुंगसँग उत्तर कोरियाका सर्वोच्च नेता किम जोगं उनले भेटवार्ता गरेको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भेटवार्ता गरेका छन् ।

भेटमा सिंगापुरले वार्ताका लागि गरेका प्रयास र निभाएको भुमिकाको लागि उत्तर कोरियाली नेता किमले धन्यवाद व्यक्त गर्नुका साथै उत्तर कोरियासँगको सम्वन्ध र सबै सहयोगको लागि आभार व्यक्त गरेका छन् ।

सिंगापुरका प्रधानमन्त्रीले जवाफमा महत्वपूर्ण ऐतिहाँसिक शिखर वार्ता आयोजना गर्न पाउनु खुशीको कुरा भएको भन्दै वार्ता सफलताको शुभकामना व्यक्त गरेको रोयटर्स समाचार संस्थालाई उदृत गर्दै ईण्डिपेन्डेन्टन्युज एजेन्सीले उल्लेख गरेको छ ।

उत्तर र दक्षिण कोरियाली राष्ट्रप्रमुखको दोस्रो भेटवार्ता, ट्रम्प भन्छन्-किमसँग जुन १२ मै सिंगापुरमा भेट

...............



शनिवारनै सिंगापुर अवतरण गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आईतबार सिंगापुरका प्रधानमन्त्री ली शिएन 
लुंगसँग भेटवार्ता गरेका छन् ।

ट्रम्पले उत्तर कोरियाली नेता किमसँग शिखर वैठकको लागि प्रयास र योगदान गरेकोमा सिंगापुरका प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए ।

सिंगापुरले दुई नेताको भेटवार्ताको लागि एक करोड ५० लाख डलर बढी खर्च गरेको छ । त्यहाँको सुरक्षा व्यवस्था सहित सबै तयारी सिंगापुरले गरेकोमा ट्रम्पले धन्यवाद व्यक्त गरेका हुन् ।

ट्रम्प ट्रन ब्याक-अमेरिकाद्धारा उत्तर कोरियासँगको वार्ता रद्द, जापानद्धारा दु:खद भएको प्रतिक्रिया

सिंगापुरमा रहेको क्यापेल्ला होटलको रिसोर्टमा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपती ट्रम्पबिच शिखरवार्ता हुँदैछ ।

स्थानिय समय अनुसार बिहान ९ बजेका लागि वार्ता तय गरिएको छ । 

स्मरणीय छ सिंगापुरले यसअघि सन् २०१५ मा चीन र ताईवान बिच यस्तैखाले शिखर वार्ताको आयोजना गरेको थियो । दुई देशका नेताहरुबिच उक्त शिखर वैठक ६० बर्षपछि भएको थियो ।

.........

किमका विश्वास पात्र जर्नेल अमेरिका प्रस्थान, आबे पनि अमेरिका जाने, सिंगापुरमा वार्ता तयारी तिब्र



यसैबिच चारदिन अघि मात्र अमेरिकानै पुगेर उत्तर कोरियासँग हुन लागेको शिखर वार्ताबारे छलफल गरेका जापानी प्रधानमन्त्री शिन्जो आबेले वार्ताको केही घण्टा मात्र बाँकी रहँदा पुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेका छन् ।

जापानी समाचार संस्था एनएचकेले जनाए अनुसार ओब र ट्रम्पबिच सोमबार अपरान्ह टेलिफोन वार्ता भएको हो । फोनवार्तामा आबेले उत्तर कोरियाका सर्वोच्च नेता किमजोगं उनसँग अपहरित जापानी नागरिकको मुद्दा उठाउन पुन आग्रह गरेका छन् ।

यसअघिनै वार्ताका समयमा जापानी नागरिकको अपहरण मुद्दा उठाउने आश्वासन दिएका ट्रम्प र किमबिचको वार्तालाई सघाउन र जानकारी लिन भन्दै जापानले आफ्ना उच्च कुटनीतिक अधिकारीहरुको एक टोलीनै सिंगापुर पठाएको छ ।


के भईरहेछ उत्तर कोरियाली वार्ता ? आबे रसियामा, अमेरिका-जापान किम बिरुद्ध खनिंदा ट्रम्पसँगको वार्ता अनिश्चित