(JAPAN) 18 th July | 2018 | Wednesday | 9:01:38 AM
(Nepal) 18 th July | 2018 | Wednesday | 5:46:13 AM
 

जापान क्युशुको शिन्मोए पर्वतमा शक्तिशालि ज्वालामुखी विस्फोट

  POSTED ON : Wednesday, 16 May, 2018 | Views : 177

जापान क्युशुको शिन्मोए पर्वतमा शक्तिशालि ज्वालामुखी विस्फोट

टोकियो ।

जापानको क्युशुमा रहेको शिन्मोए पर्वतमा शक्तिशालि ज्वालामुखी विस्फोट भएको छ । 

गत अप्रिल महिनामा विस्फोट भएकै स्थानमा सोमबार शक्तिशालि ज्वालामुखी विस्फोट भएको हो ।

अप्रिल महिनामा भएको विस्फोटको तुलनामा शक्तिशालि भएपनि यसले कुनैपनि मानविय क्षति भने नभएको अधिकारीहरुले बताएका छन् ।

ज्वालामुखी विस्फोटपछि हजारौं मिटर परसम्म खरानी र धुँवा फैलिएको छ । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार शिन्मोए पर्वतमा गत सोमबार दोश्रो पटक ज्वालामुखी विस्फोट भएको हो । 

यस अघि सन् २०११ मार्चमा सो क्षेत्रमा ज्वालामुखी विस्फोट भएको थियो ।

ज्वालामुखी विस्फोटको खतराका कारण शिन्मोए पर्वतमा मानविय उपस्थिति छैन भने त्यस वरपरका क्षेत्रमा समेत सजगता अपनाएर वस्ती नरहेका कारण शक्तिशालि विस्फोटबाट कुनैपनि क्षति हुन नपाएको जापानटाइम्स समाचारले उल्लेख गरेको छ ।