(JAPAN) 19 th December | 2018 | Wednesday | 1:49:45 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 10:34:45 PM
 

जापानको नयाँ विदेश नीति-उत्तर कोरिया मुख्य मुद्दा, चिनसँगको सम्वन्ध सुधारोन्मुख

  POSTED ON : Wednesday, 16 May, 2018 | Views : 253

टोकियो ।

पहिलो पटक जापानले आफ्नो बिदेश नीतिमा उत्तर कोरियासँग भएको आणविक हतियार तथा ब्यालेस्टीक क्षेप्यास्त्र नष्ट गर्नुपर्नेमा जोड दिएको छ ।

जापानको बिदेश मन्त्रालयले बार्षिक प्रतिवेदनमा जापान, अमेरिका र जक्षिण कोरियाले यसको लागि समन्वय गरेर उत्तर कोरियाको विनाशकारी हतियार र क्षेप्यास्त्र नष्ट गर्न काम गर्नुपर्ने उल्लेख गरेको छ ।

समाचार संस्था एनएचकेका अनुसार मन्त्रालयले विदेश नीतिको जानकारी दिने २०१८ को वार्षिक रिपोर्ट मंगलबारको मन्त्रीपरिषद् बैठकमा प्रस्तुत गरेको हो ।

उत्तर कोरियाको परमाणु र मिसाइल कार्यक्रमलाई जोडेर प्रतिवेदनमा जापानको सुरक्षा अवस्था दोस्रो विश्वयुद्धपछि आजसम्मको सबैभन्दा अनिश्चित अवस्था भएको उल्लेख गरिएको छ ।

प्रतिवेदनले उत्तर कोरियामाथि थप दबाव बढाउने संकेत तथा आगामी जापानी योजनालाई प्रतिनिधित्व गर्ने ठानिएको छ । रिपोर्टमा उत्तर कोरियालाई विनाशकारी हतियार मुक्त बनाउन अमेरिका तथा दक्षिण कोरियासँग मिलेर काम गर्नुपर्ने विषय उल्लेख गरिएको छ ।

यसैगरी चिनको बारेमा प्रतिवेदनले बढ्दो तनावको सम्वन्ध पछिल्लो समय सुधार हुन थालेको र यसमा अझै तिब्र गतिमा सम्वन्ध सुधारको काम गर्नु आवश्यक रहेको औंल्याइएको छ ।