(JAPAN) 26 th September | 2018 | Wednesday | 4:28:45 AM
(Nepal) 26 th September | 2018 | Wednesday | 1:13:45 AM
 

जापान इजरेलमा दुतावास सार्ने अमेरिकी कदममा असन्तुष्ट, उत्तर कोरियाबारे आबेको कडा टिप्पणी

  POSTED ON : Tuesday, 15 May, 2018 | Views : 1987

जापान इजरेलमा दुतावास सार्ने अमेरिकी कदममा असन्तुष्ट, उत्तर कोरियाबारे आबेको कडा टिप्पणी

टोकियो ।

ईजरेलको तेल अवीवमा रहेको दुतावासलाई विवादास्पद जेरुसलममा सार्ने अमेरिकी कदमप्रति जापानले असन्तुष्टि व्यक्त गरेको छ ।

पश्चिम एशियाली क्षेत्रको शान्तिलाई खल्बल्याउनेगरि अमेरिकाले कदम चालेको भन्दै जापानको  मुख्य क्याबिनेछ सचिव सचिव योशिहिदे सुगाले चिन्ता व्यक्त गरेका छन् ।

जेरुसलम मुद्दा ईजरेल र प्यालेस्टाइनबिच वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने भन्दै सुगाले अमेरिकाले चालेको कदमले त्यसमा असर पारेको बताएका छन् ।

ईजरेलले सैन्य बलमा नियन्त्रणमा लिएको सो क्षेत्रलाई आफ्नो नयाँ केन्द्र बताउँदै आएपनि विश्व समुदायले मान्यता दिएको छैन ।

कतिसम्म भने संयुक्त राष्टसंघले समेत जेरुसलमलाई ईजरायली भूमिको रुपमा मान्यता दिएको छैन । किनभने ईजरेलले सो भुमि हडपेर सैन्य बलमा लिएको हो र प्यालेस्टाइनीहरु जेरुसलमलाई आफ्नो भावी राजधानीको रुपमा हेर्ने गर्दछन् ।

इजरेली सेनाले सोमबार गाजामा प्यालेस्टिनीहरुले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा५५ जना प्यालेस्टिनीहरू मारिएका छन् ।

नरसंहार जस्तै देखिनेगरि भएको सो आक्रमणको विश्व समुदायले आलोचना र भत्सर्ना गरिरहेपनि अमेरिका र ब्रिटेनले भने ईजरेलको समर्थन गर्दै घुमाउरोगरि ईजरेलको बचाउ गर्दै आफ्नो सिमानाको रक्षा गर्न पाउने इजरेलको अधिकार भएको तर्क गरेका छन् ।

यसैबिच जापानी प्रधानमन्त्री शिन्जो आबेले अर्को महिना हुने अमेरिका र उत्तर कोरियाबिचको शिखर वार्ताअघि आफुले क्यानडामा हुने जी ७ बैठकको अवसरमा अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यसबारेमा स्पष्ट कुरा राख्ने भएका छन् ।


सोमवार जापानी संसदमा बोल्दै आबेले अमरीका र उत्तर कोरिया शिखर वार्तापछि अमेरिकाले जापानलाई विस्तृत विवरण उपलब्ध गराउनुपर्ने बताए ।

उत्तर कोरियाद्धारा अपहरित आफ्ना नागरिकको अवस्था सहित उत्तर कोरिया र जापानबिच रहेका विषयमा दुई देशबिच वार्ताबाट मात्रै संभव भएकाले जापाले आफ्ना सबै माध्यम प्रयोग गरेर उत्तर कोरियासमक्ष आफ्ना कुरा राखिरहेको आबेले बताए ।

अमेरिका र उत्तर कोरियाबिचको वार्ता सफल बनाउने काममा जापानले सक्दो सहयोग गरिरहेको र गर्ने भन्दै आवेले त्यसपछि वार्ता प्रगतिको आधारमा जापानले आफ्नो कदम चाल्ने आवेको भनाई छ ।