(JAPAN) 18 th July | 2018 | Wednesday | 9:07:51 AM
(Nepal) 18 th July | 2018 | Wednesday | 5:52:26 AM
 

अविवाहित महिला देशको लागि भार, कम्तीमा तीन बच्चा जन्माउ-जापानी सांसद

  POSTED ON : Saturday, 12 May, 2018 | Views : 5909

अविवाहित महिला देशको लागि भार, कम्तीमा तीन बच्चा जन्माउ-जापानी सांसद

टोकियो ।

विवाह नगर्ने महिलाहरु देशको लागि भार भएको भन्दै जापानको सत्ताधारी पार्टीका एकजना सांसदले जापानी युवतीहरूले बढी बच्चा जन्माउनु पर्ने बताएका छन् ।

सत्ताधारी एलडीपी पार्टीको बैठकमा बोल्दै सांसद कान्जी कातोले युवतीहरूले कम्तीमा तीन जना बच्चा जन्माउनु पर्ने नभए उनिहरु देशको लागि बोझ हुने अभिव्यक्ति दिएका थिए ।

उनको यो भनाईपछि लैंगिक भेदभाव गरेको भन्दै उनको आलोचना भएको छ ।

योम्युरि सिम्बुनले आफ्नो अंग्रेजी अनलाईन संस्करणमा उल्लेख गरे अनुसार उनले आफुले कयौं वैवाहिक समारोहमा कम्तिमा तीनवटा बच्चा जन्माउन चुक्न नहुने सुझाव दिने गरेको समेत बताएका थिए ।

७२ बर्षिय कातो आफु भने छ सन्तानका पिता हुन् । साउथ चाइना मर्निगं पोष्टकामा प्रकाशित समाचार अनुसार कातोले बच्चा नजन्माउनेहरुको बुढेसकाल वृद्धाश्रममा बित्ने र त्यसको खर्च अरू मानिसका छोराछोरीले तिरेको करबाट खर्च हुने अभिव्यक्ति समेत दिएका थिए ।

कतिमय महिला सांसद सहित सार्वजनिक रुपमा आफ्नो भनाईको आलोचना भएपछि सांसद कातोले आफ्नो अभिव्यक्तिमा माफी माग्दै भनेका छन्-'महिलाहरूलाई भेदभाव गर्ने मेरो कुनै चाहना होइन । तर मेरा शब्दहरूले त्यस्तो अर्थ दिन सक्ने हुँदा म आफ्नो भनाइ फिर्ता लिन्छु ।'

सरकारले धेरै बच्चा जन्माउनेलाई प्रोत्साहन रकम तथा सुविधा उपलब्ध गराउने तथा यसको दर बढाउँदै लगेपनि यसले तात्विक फरक नपारेको देखिएको छ ।

गत साता मात्र सार्वजनिक एक तथ्यांक अनुसार जापानमा १४ बर्ष कम उमेरका बालबालिकाहरुको संख्या निरन्तर घट्दो क्रममा रहेको छ ।

जापानमा बालबालिका संख्या निरन्तर ओरालो, एकबर्षमै झण्डै दुई लाखले कमी

एकै वर्षमा झण्डै दुई लाख बालबालिकाको संख्या घट्दै ३७ औं बर्ष १४ बर्ष भन्दा कम उमेरका बालबालिकाको संख्या कम भएको तथ्यांकले देखाएको थियो ।

जापान विश्वमै कम जनसंख्या बृद्धिद्धर भएको मुलुक हो । यहाँ उच्च बृद्धबृद्धाहरुको संख्या बढ्दै गएको छ भने युवा जनशक्ति घट्दै जाँदा कामदार अभाव बढ्दै गएको छ ।